Friday, May 14, 2021
Home > समाचार > कपाल मुण्डन गरेर आमाको किरिया बसिन सांसद उषाकला राई

कपाल मुण्डन गरेर आमाको किरिया बसिन सांसद उषाकला राई

प्रदेश नम्बर १ की सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरियामा बसेकी छिन्।उषाकलाकी आमा लक्ष्मी राईको उपचारका क्रममा बुधबार राजधानीको एक अस्पतालमा निधन भएको थियो।हिन्दु परम्पराअनुसार दिवंगत आमाबुवाको किरिया छोराले गर्ने चलन छ। सांसद राई त्यो चलन तोडेर किरिया बसेकी हुन्। उनका दाजुभाइ छैनन्।

सांसद राईका पति पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले काजकिरिया गर्ने व्यक्तिलाई किरियापुत्री शब्द प्रयोग गर्ने गरिएको भएपनि छोरा बस्ने प्रचलन रहेको उल्लेख गर्दै उषाकला राईले किरियापुत्री शब्दको वास्तविक अर्थ दिएको उल्लेख गरेका छन्।

तामाङले फेसबुकमा लेखेका छन्
-उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।

Leave a Reply