Wednesday, June 16, 2021
Home > जीवनशैली > भक्कानिँदै भनिन्ः ‘स्वास्नी जम्मा गर्दै हिँड्नेसँग टिक्नै सकिनँ’

भक्कानिँदै भनिन्ः ‘स्वास्नी जम्मा गर्दै हिँड्नेसँग टिक्नै सकिनँ’

‘मर्दको १० वटी श्रीमती भनेझै ठ्याक्कै १० वटै त होइन । ३/४ श्रीमती बटुल्ने श्रीमानका कारण चितवनकी एउटी चेलीले न्याय पाउन नसकेको कुरा जनअास्था साप्ताहिकले छापेको छ ।

न त हुर्किसकेका, बिहे गरेर गइसकेका छोरीको जन्मदर्ता, नागरिकता नै बनेको छ । श्रीमानबाट माया ममता, अंश नपाए पनि आफ्नै बलबुताले हुर्काएका छोरीहरुले बुवा खोज्दा ३८वर्षकी निरु विकको दिमागमा २४ वर्ष अगाडिको घटना फिल्मको रिलझै घुम्छ ।

०५१ सालको कुरा हो । रुकुमका लखन स्वारसँग भेट भयो ।बुवा राजनीतिमा लागेका कारण पनि नयाँ मान्छेसँग चिनाजानी भईरहने निरु र लखन छोटो समयमै नजिकिए । १५ वर्षकी थिइन् । माया—प्रेम बसेको भन्ने कि के भन्ने खै ! बिहे गरम—भागम भन्यो, केटाकेटी दिमाग, उसैसँग गए, निरुले भनिन ।

चितवनमा हुर्केकी निरु बिहेपछि रुकुमको कमलदह पुगिन् । घरमा पुगेपछिका केही दिन स—साना झै—झगडा भए पनि सम्बन्ध सुध्रेला भनेर पर्खेकी थिइन्। लखन स्वाँर गाउँमा केटीहरुसँग हिँड्थे । राति घर पनि अबेला आउने, आउँदा केटीहरु लिएर आउने एक दिन होइन, दुई दिन होईन ।

आमा बिरामी भएर दाङ गएका बेला भेट्न रुकुमबाट झरिन् । त्यतिबेला थाहा पाईन् गर्भ बसेको रहेछ । रुकुममा दुई जिउकी छोरी पठाउन मानिनन् आमाले । श्रीमानको सल्लाहमै दाङमा बसेकी निरुलाई लखनले वास्ता गर्न छाडे । छोरी जन्मने बेला पनि फोन गरिन् तर गाँउलेले लखनले अर्को बिहे गरेको सुनाए । बच्चा जन्मिदा घरपरिवार कसैले वास्ता गरेनन् । निरुले चितवन माइतीमा १०/१२ वर्ष बिताइन् ।

पतिलाई कुरेर बसेकी उनले सुनिन् लखनले यस बीचमा प्रहरीको जागिर गरेछ, दुई वटी बिहे गरेछ । विदेश गएछ । तर कुनै श्रीमतीले उसको वास्ता गरेनन् । १२ वर्षपछि फेरि लखन निरुसँगै आए, लखनका कुरा सुनेर मन पग्लियो, छोरी माइती छाडेर रुकुम गइन् । रुकुमकोट खलंगामा सुशान्त नृत्य कला केन्द्र खोलेर केही गर्न थाले दुवै जनाले तर केही पैसा कमाउन थालेपछि लखन फेरि अरु केटीतिर लागे । नृत्य सिक्न आउने केटीलाई नै श्रीमति बनाएर भित्र्याए ।

निरुको शिरमा पुरै पहाड खस्यो । निरुले सौतासँग झगडा गर्न थालेपछि लखनले छुट्टै डेरा खोजेर राखे र खर्च भर्न थाले । दुई छोरी जन्मेका थिए । निरुले पछिकी सौताबाट पनि छोरी जन्मेकाले परिवार नियोजन गर्न भनिन् तर लखनले मानेनन् । निरुले विवाह दर्ता गराउन खोज्दा म मरेको छु र भन्दै टार्थे ।

निरुलाई सहिसक्नु नभएपछि घरमा टिक्न सकिनन् र आइन् माइतीकै शरणमा । दुई छोरी चितवनमै हुकाइन् । अहिले नारायणगढमा सिलाइकटाइ पसल गरेर बसेकी छन् । दुई छोरी मध्ये जेठीको बिहे भइसक्यो तर अहिलेसम्म नागरिकता बनेको छैन् । हुर्काउने मैले हो तर कागजपत्र बनाउन बाउ चाहिने रैछ । निरुले भक्कानिँदै भनिन् स्वास्नी जम्मा गर्दै राख्दै गर्नेसँग टिक्नै सकिन ।

लखन अहिले भारततिर छन् भन्ने सुनेकी छन् लखनले नाच सिक्न आउने केटीपछि फेरि अर्को बिहे गरे भन्ने सुनेकी छन् । उनलाई लखनको अंश या सम्पति चाहिएको छैन् । उबेला छोडपत्रबारे नसोचेकी निरुले अब पहिला आफ्नो विवाह दर्ता गरेर छोडपत्र गर्ने सोचेकी छन् । तर लखनलाई उनले पत्ता लगाउने अवस्था छैन् ।

रुकुममा घरपरिवार अहिले पनि सोही ठाउँ छने कि छैनन् । समयमै बुवाको सहयोग लिन चाहिनन् अब चाहेर पनि न्याय पाउने आशा मारेकी छन् । तर सञ्चारमाध्यमबाट लखन पत्ता लागे भने बिहे दर्ता गरेर छोरीहरुलाई अधिकार दिलाउने चाहना छ । कुराकानीको बिट मार्दै भनिन् रुकुम कमलदहमा नचिन्ने कोही छैन । लखन स्वाँर भनेपछि जसले पनि चिन्छ बोलाउने नाम लखन नरे नरबहादुर जे भने पनि चिन्छन् ।

जनआस्था साप्ताहिकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!