Friday, May 14, 2021
Home > बिजनेस > जापान जाने नेपाली कामदारहरूका लागि फेरि थपियो अर्को खुशीकाे खबर

जापान जाने नेपाली कामदारहरूका लागि फेरि थपियो अर्को खुशीकाे खबर

काठमाडौँ, २६ पुस । नेपाल–जापानबीच सिधा हवाई उडानसहित विविध सम्झौता भएको छ । द्धिपक्षिय परामर्श संयन्त्र र नेपाली कामदार जापान लाने ‘मोडालिटी’ तय गर्न दुवै मुलुक सहमत भएका छन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सन् १९९३ मा भएको हवाई सम्झौता पुनरावलोकन गर्नेबारे दुवै मुलुकबीच बुधवार सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो संलग्न द्धिपक्षिय भेटवार्तामा पुरानो हवाई सेवा पुनरावलोकन गर्दै जतिसक्दो छिटो सिधा हवाई सेवा शुरु गर्र्ने सहमति भएको हो ।

सिधा हवाई सुचारु गर्न गत असार ४ गते दुवै मुलुकवीच सम्झौता भए पनि सो सम्झौतालाई अहिले कुटनीतिक तवरमा औपचारिकता दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।

Leave a Reply