Friday, March 5, 2021
Home > समाचार > वि.सं. २०७५ वैशाख ०८ गते शनिबार तदनुसार ई. सं. २०१८ अप्रिल २१ तारिखको राशिफल हेर्नुहोस

वि.सं. २०७५ वैशाख ०८ गते शनिबार तदनुसार ई. सं. २०१८ अप्रिल २१ तारिखको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईलाई आयात-निर्यात सम्बन्धी कार्यमा सफलता मिल्न सक्ने देखिन्छ भने भोलि तपाईको आर्थिक अवस्था पनि सवलनै रहन सक्ला। भोलि तपाईको हराएका सामान फिर्ता मिल्न सक्ने सम्भावना देखिन्छ। बौद्धिक तथा लेखन कार्यमा रुची साथै सफलता समेत रहने भोलिको दिनमा यात्रा पनि सफलनै रहने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाई ठोस निर्णय लिनु पर्ने समयमा तपाईमा केहि त्रुटी रहने देखिन्छ। भोलि कुनै पनि कार्य हतारमा नगर्नु भएकै उचित रहन सक्ने देखिन्छ। भोलि तपाईको हातबाट अवसर हटेर जाने देखिन्छ भने भोलि तपाईलाई आर्थिक समस्याले समेत सताउने देखिन्छ। बोलीमा हुने मिठासले भने तपाईलाई लाभ दिलाउने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलिको दिनमा तपाईलाई हरेक प्रकारको लाभ मिल्ने देखिन्छ भने तपाईलाई स्वास्थ्यले समेत साथ दिने देखिन्छ। भोलि तपाईको व्यपारिक यात्रा समेत सफल भएर जाने देखिन्छ। उपहार समेत मिल्न सक्ने भोलिको दिनमा प्रेम सम्बन्धले समेत नयाँ रुप लिने देखिन्छ। पर्यटकीय ठाउंमा यात्रा रहने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईको शरीरमा थकान साथै अस्वस्थताको अनुभव रहन सक्ला। साथै भोलि तपाईलाई बिना कारण चिन्ता समेत बढेर जाने देखिन्छ। भोलि तपाईको मान-हानी नहोस भन्नको लागि तपाईले आफ्नो बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ। साथै भोलि तपाईको बोलीको गलत अर्थ लाग्न सक्ने हुँदा सजक रहनु होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाईलाई विभिन्न फाईदाहरू प्राप्त हुन सक्ला। भोलि तपाईको पहिला नबनेको कार्य सम्पन्न रहन सक्ला। वादविवाधमा समेत तपाईलाई सफलता मिल्न सक्ला। भोलि तपाईको अध्ययनमा सफलता मिल्ने दिन परेको छ। भोलि कलाको क्षत्रमा पनि लगाभ बढेर जाने देखिन्छ।भोलि तपाईलाई आफु भन्दा ठुला व्यक्तिबाट लाभ मिल्ने दिन परेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईको नयाँ कार्य थालनी हुने देखिन्छ भने भोलि तपाईको बिछोड भएका व्यक्तिसँग भेट हुने देखिन्छ। भोलि तपाईलाई विदेशबाट समेत शुभ समाचार मिल्ने देखिन्छ। व्यवसायले लाभ दिलाउने देखिन्छ। पिताको तर्फबाट ल्अभ मिल्ने भोलिको दिनमा तपाईलाई नयाँ कार्य थालनी गर्ने मौका मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिन तपाईको यात्रामानै बितेर जाने देखिन्छ भने भोलिको दिनमा वैदेशिक यात्रा गर्नु भएमा लाभ मिल्न सक्ला। भोलि तपाईको धर्म प्रतिको आस्था समेत बढेर जाने देखिन्छ। भोलि तपाईको परिवारको स्वास्थ्यलाई लिएर चिन्ता साथै खर्च समेत बढ्न सक्ला। भोलि तपाईलाई सहकर्मीबाट सहयोग भने जसतै मिल्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलिको दिन तपाईको झगडाले भरिपुर्ण रहन सक्ने देखिन्छ। भोलि तपाईको बोलिका कारण परिवारमा समेत सम्बन्ध बिग्रने देखिन्छ। धोखा र अनैतिक व्यवहारले तपाईंलाई कठिनाईमा राख्न सक्छ। समय खाना नमिल्नाले तपाईमा शारीरिक दुर्वलता रहन सक्ला। भोलि तपाईले आर्थिक लगानी नगरेकै उचित रहने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि शनिबार शारीरिक रूपमा मानसिक रुपमा अस्वस्थता महसुस गर्नु हुने देखिन्छ भने भोलि तपाईको धन समेत हराउने दिन परेको छ। भोलि तपाईलाई स्वास-प्रस्वास सम्बन्धी समस्याले सताउने देखिन्छ। परिवारमा तपाईको कलह रहन एस्सक्ने हुँदा अजक रहनु होला। भोलि तपाईको साझेदारीमा समेत प्रश्न उठ्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाईको व्यवसाय विस्तार हुने दिन परेको छ भने भोलि तपाईलाई व्यवसायमा परिवारबाट भने जस्तै साथ र सहयोग मिल्ने देखिन्छ। परिवारमा शान्ति र आनन्दको वातावरण हुनेछ। कर्मचारीहरूको समेत दिन भोलि शुभ बित्न सक्ने देखिन्छ। भोलि कानुनी कर्यमा पनि तपाई विजयी रहनु हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईको परिवार सदस्यको स्वास्थ्यले चिन्तित पर्ने देखिन्छ भने भोलि तपाईको खर्च समेत बढ्न सक्ला। भोलि सकेसम्म टाढाको यात्रा नगरेकै उचित रहने देखिन्छ। मानसिक स्थिरतालाई कायम गर्न गार्हो पर्ने भोलिको दिनमा तपाईले हरेक कार्य गर्दा परिवारको सहयोग लिनु पर्ने देखिन्छ। भोलि राजनीतिक छबी बिग्रन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक-मानसिक डर तपाईमा बढ्न सक्ला भने भोलि तपाई बढी सोच्नु हुने देखिन्छ। भोलि तपाईलाई नसोच्नु भएको व्यक्तिबाट धोका मिल्न सक्ला। अनिश्चित घटनाहरूले तपाईंको उत्साह घटाउन सक्छ। भोलि तपाईको धन नाश हुने हुँदा सजक रहनु पर्ने देखिन्छ। भोलि तपाईको अध्ययनमा समेत मान नजान सक्ला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *