Tuesday, May 18, 2021
Home > समाचार > मिल्ने भए कृष्णलाई मेरै हात दिन्थेँ, पहिले उहाँले खुवाई दिनुहुन्थ्यो अहिले म खुवाई दिन्छु

मिल्ने भए कृष्णलाई मेरै हात दिन्थेँ, पहिले उहाँले खुवाई दिनुहुन्थ्यो अहिले म खुवाई दिन्छु

असोज तिर हो घर विदामा गएको थियो ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भएको थियो । त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । यो कुरा मिडियामा लैजाउँ मनकारी नेपालीको कमि छैन ।

त्यस लगतै म कर्मथलो तिर फर्किए । रुपासँग त्यसबारेमा कुरा भईराख्यो । रुपा र कृष्णले जीवनदेखि हार मानिसकेका थिए । लाखौँको ऋणको भारी । न उपचार खर्च न जीन्दगीको कुनै गन्तब्य न आयश्रोत न आफन्त बाहिर जती हाँसेपनि निरस थियो उनीहरुको जीवन । मैले भनेको थिएँ संसार हरेस खानेहरु, हार मान्नेहरुको होईन हिम्मत गर्नेहरुको हो । तिमीहरुको भावना दुनियाँले सुन्छ । साथ दिन्छ । मिडियामा जाउँ आफ्ना दुखहरु भन ।

त्यसैबिचमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यो विषयमा बिनय गरे सर मेरो गाउँकै एकजना आफन्तको यस्तो हालत छ एउटा भिडियो बनाएर युट्युबमा राख्दिनु पर्यो । समाजसेवी भण्डारीले मेरो कुरा नकारेनन मेरो काम नै त्यहिँ हो सर म जान्छु भन्नुभयो । मेरो चाहना त्यति थियो रुपा र कृष्णको पिडा सबैले थाहा पाउन । तर आज कृष्ण र रुपा भन्दा पनि म धेरै खुशी छु । व्यक्त गर्ने शब्द छैनन । नेपालीको जस्तो ठुलो मन भएका मानीस संसारमा कहाँ भेटिएलान ?

‘तिमीलाई हड्डी खियाएरै भएपनि स्टाफ नर्स पढाउँछु’ २१ वर्षका कृष्णले पढाई सकेर काममा जाँदै गर्दा रुपासंग बाचा गरेका रहेछन, तर समयको नियति कृष्ण र रुपाको जीवनमा अर्कै थियो । श्रीमानको हौसला पछि रुपाको आत्मबल झन बढ्यो र नर्सको लागी बृज कोर्ष गर्न थालिन ।

‘जेठ २४ अर्थात हाम्रो म्यारिज एनिभर्सरी डे’ रुपाले सुनाईन, कस्तो मलाई यादै नभाको, उहाँले फोन गरेर मिठो-मिठो खाउ रमाईलो गर आज त हाम्रो म्यारीज एनिभर्सरी कृष्णको फोन आयो । अनि हामीले रमाईलो गर्यौँ । त्यसको अर्को दिन खै किन हो त्यो दिन अघिल्लो दिन अर्थात २४ गतेको जस्तो खुसी थिईन । अलि न्यास्रो लागेको थियो । खाना खाने मन थिएन साँझपख अलि ढिलोगरी सुनेको दुर्घटनाको खबरले म केहीबेर बेहोस भए । रात रोएरै बित्यो ।

त्यस्ता कति दिन कति रात रोएर बिते रुपा र कृष्णका अनुमान छैन । रुपा आँखाभरी पारेर भन्छिन ‘मामाले आमालाई भन्नु भएछ भान्जीलाई फिर्ता ल्याउ, त्यो दुबै हात नभएकोले कसरी पाल्छ ? के खाएर बस्छे ? आफुँले माया गरेर बिहे गरेको मान्छेलाई कसरी छोड्न सकिन्छ र दाई ?’ रुपा डाको छोडेर रोईन ।

घरको कथा दुबैको उस्तै छ । दुबैका बुबा-आमा साथमा छैनन । दुबै माओलीमा हुर्केका । रुपाको अहिले यत्रतत्र प्रशंसा छ । २१ वर्षकी रुपाको परिपक्कता देखि दुनियाँले सलाम गर्छ ! ‘कृष्णलाई मेरो हात मिल्ने भए मेरै हात दिन्थें तर तिम्रो यति सानो हात कहाँ मिल्छ मेरो शारीरमा कृष्ण भन्नुहुन्छ’ रुपाले सुनाईनन ।

सुरु सुरुमा माया बस्दाका दिन सम्झिईन रुपाले पहिले-पहिले कृष्णले मलाई खुवाईदिनु हुन्थ्यो । अहिले म खुवाई दिन्छु, एकछिन छोड्न सक्दिन आमा जस्तै गरेर स्याहार गर्न मन लाग्छ । कृष्णको हात राख्दिन मन छ । भगवान जस्ता नेपालीहरुको हामी प्रतिको दया मायाले आजभोलि निकै हौसला र अझै खुसीले बाँच्ने केहि गर्ने हिम्मत बढेको छ ।

Leave a Reply