Wednesday, June 16, 2021
Home > समाचार > करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलि भेट्न सहयोग लिएर पुगे भाइरल मुना मगर र लाहुरे (भिडियोसहित)

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलि भेट्न सहयोग लिएर पुगे भाइरल मुना मगर र लाहुरे (भिडियोसहित)

काठमाडौं। सुन्दा र हेर्दा निकै दुख लाग्ने यो घटना । कति सम्म निर्दयी हुने रहेछ दैब पनि । आफुले काम गरेर पैसा कमाएर बर्षौ माया गरेर बिहे गरेको श्रीमतिलाइ स्टाफ नर्स बनाउछु भनेर पैसा कमाउन आफ्नै देशमा बिजुलिको काम गर्दै आएका कृष्ण ओलि को यथार्थ घटना हो यो । कृष्ण भन्छन मलाइ मारिदिको भए पनि हुने थियो आखिर बाचेर पनि केही गर्न सक्दिन यद्यपि आँखाबाट झरेका मेरा यी पानी जस्तै आसुहरु पुछ्न पनि सक्दिन ।

म यतिमै खुसी छु कि मलाई आफ्नो ज्यान भन्दा नि धेरै माया गर्ने श्रीमति ( रुपा ) पाएको छु । उनको यो साहस देखेर मेरो पनि हिम्मत बड्छ । धेरै मिडियाले अन्तरबार्ता लिने क्रममा पछिल्लो समयमा निकै भाइरल हुँदै आएकी लोक दोहोरी छेत्रकै होची गायिका मुना मगर र उनी सङ्गै भाइरल भएका लाहुरे एकैसाथ कृष्ण लाई भेटन पुगे ।

उनिहरु दुई निकै भावुक भए । यस्तो पीडा देख्दा कस्को आँखा नरसाउला र ! उनिहरुले भने : सारा नेपाली हजुरको साथमा छ । कहिले पनि हार नल्हानु । यति धेरै माया गर्ने तपाइको श्रीमति को साहसले गर्दा सारा नेपालिको मन जितिरहनु भयको छ भन्दै केही रकम सहयोग गरे ।

भिडियो हेर्नुहोस:

Leave a Reply

error: Please Dont Copy My Content!! !!