Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै आयो नेपालकै एकमात्र अन्तराष्ट्रिय विमानस्थलबाट यस्तो खबर… सबै उडान अवरूद्ध

भर्खरै आयो नेपालकै एकमात्र अन्तराष्ट्रिय विमानस्थलबाट यस्तो खबर… सबै उडान अवरूद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जानकारी दिए ।क्षेत्रीले भने, ‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । भीसीसीएस हामीसँग एक्स्ट्रा छ । इन्जिनियर साथीहरुले त्यो जोड्दै हुनुहुन्छ ।’भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएको उनले बताए ।

अराइभलमा डिस्टर्ब छैन, डिपार्चरमा अलि–अलि डिस्टर्ब छ,’ उनले भने ।काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए ।महाप्रवन्धक क्षेत्रीले विमानस्थलको टावरमा भने कुनै समस्या नरहेको जानकारी दिए ।एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू समस्यामा परेका छन ।विमानस्थलमा आन्तरिक र बाह्य सबै उडानहरू बिहान करीव ९ बजेदेखि रद्ध गरिएका छन ।

Leave a Reply