Monday, May 10, 2021
Home > समाचार > पहिलो र दोस्रो सन्तान छोरी जन्मीने हरु अब मालामाल … पूरा हेरि शेयर गरौ

पहिलो र दोस्रो सन्तान छोरी जन्मीने हरु अब मालामाल … पूरा हेरि शेयर गरौ

। विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप भत्ता वितरण गरेकाे छ । महानगरपालिकाले पहिलो सन्तान छाेरी जन्माउने दम्पतीलाई नगद रु ३ हजार हस्तान्तरण गरेको छ ।

यसैगरी दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई भने रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमइ बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो ।

यसरी रु २५ हजार भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको नाममा आमा संरक्षक रहने गरी सो रकम जम्मा गरिदिएको जनाएकाे छ ।

भ्रुणहत्या राेक्न अभियान

गर्भमा छोरी रहेको थाहा पाएपछि भ्रुणहत्या गर्ने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलोपटक यो अभियान चलाएको हो ।

दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले ‘छोरी बचाउ अभियान’सँगै ‘छोरी पढाउ अभियान’ पनि शुरू भैसकेको जानकारी दिइन् ।

चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । ‘छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ’ भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिए ।

छोरीको उमेर १८ पुगेपछि झिक्न सक्ने

महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए ।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

Leave a Reply