Friday, May 14, 2021
Home > जीवनशैली > नेपाल प्रथम भएकिमा मकवानपुरकि रमनी पराजुलीलार्इ बधार्इ!! सेयर गराैं

नेपाल प्रथम भएकिमा मकवानपुरकि रमनी पराजुलीलार्इ बधार्इ!! सेयर गराैं

हेटौडा – त्रिभुवन बिश्वबिध्यालयले लिएको बि बि एम आठौ सेमेस्टरको जाचमा मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा रमनी पराजुली नेपाल प्रथम हुन् सफल भएकी छिन्।हेटौडा -११ नवलपुरकी उनले जी पी ए ३.९० ल्याएर नेपाल प्रथम भएकी हुन्। देश भरमा उनि संगै यहि नम्बर ल्याउने २ जना रहेका छन्। यस अघि भएको सातौ सेमेस्टरको जाचमा रमनी नेपाल तेस्रो भएकी थिइन। पछिल्लो समयमा आएर बिद्यार्थीहरुको बि बि एम पढाइ तर्फ आकर्षण बढ्दै गएको देखिन्छ।

यहाँबाट पढाई सकेपछि बैंक ,इन्सुरेन्स ,उद्योग , जुनसुकै क्षेत्रमा काम गर्ने अवसर रहन्छ। अहिले देश भरिमा ३० भन्दा बढी स्थानमा यसको पढाई हुन्छ भने ५०० हाराहारीमा बिद्यार्थी रहेका छन्। अहिले मकवानपुर बहुमुखी क्याम्पस पनि शत प्रतिशत रिजल्ट निकाल्न सफल भएको पाइएको छ। १४ जना बिद्यार्थीहरुमा १३ जनाले डीस्टिन्सन ल्याएका छन् भने एक जना प्रथम श्रेणीमा उतिर्ण भएका छन्।

२०७० साल देखि पढाइ सुरु भएको मकवानपुर बहुमुखी क्याम्पसमा पढाई सकी निस्किएको यो दोस्रो ब्याच हो। पहिलो समुहमा १५ जना पास भएकोमा १३ जनाले नेपालमै काम गरिरहेका र २ जना एम बि ए पढाईको लागि अस्ट्रेलिया गएका मकवानपुर बहुमुखी क्याम्पसका बि बि एम प्रोग्राम निर्देशक मधु कुमार सिंहले बताए।

Leave a Reply