Friday, May 14, 2021
Home > समाचार > सार्वजनिक जग्गा मिचेर बनाएका जनप्रतिनिधिको घर भत्काउन पोखरामा महानगरपालिकाको डोजर पुगेपछि भयो यस्तो तमासा

सार्वजनिक जग्गा मिचेर बनाएका जनप्रतिनिधिको घर भत्काउन पोखरामा महानगरपालिकाको डोजर पुगेपछि भयो यस्तो तमासा

पोखरा, २३ पुष । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएको जनप्रतिनिधि सहित ३ जनाको घर डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

पटक पटक महानगरपालिकाले मापदण्ड मिचेर घर नबनाउन भन्दा पनि अटेरी गरेर बनाएका कारण भत्काउनु परेको महानगरपालिकाले जनाएको छ । महानगरपालकाको डोजर घर भत्काउन पुगेपछि वडा सदस्य परियारले रोक्ने प्रयास गरेकी थिइन् । डोजरको बकेटमै बसेर रोक्न खोजेपछि उनलाई प्रहरी र महानगरपालिकाका कर्मचारीले नियन्त्रणमा लिएर घर भत्काएका थिए । घर बनाउँदा ९ लाख खर्च भएको परियारले बताएकी छन् । उनले त्यसका लागि बचत समुहबाट १५ लाख रुपैया ऋण समेत लिएको स्थानियले बताएका छन् । उनले आफ्नो घर भत्काउन लास माथि टेक्नुपर्ने भन्दै चेतावनी दिएकी थिइन् । त्यसो भन्दै डोजर रोक्ने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरीत बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालसालै ढलान गरेको एक तले घरको पिलरसहित घरको संरचना भत्काएको हो ।

Leave a Reply