Friday, May 14, 2021
Home > समाचार > राष्ट्रपति म जस्तै डेरामा बसेकी मान्छे, अहिले किन महारानी शैली ? चित्रबहादुर केसी

राष्ट्रपति म जस्तै डेरामा बसेकी मान्छे, अहिले किन महारानी शैली ? चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केशीले मुलुकमा राजतन्त्र फर्कन सक्ने खतरा कायम रहेको बताउनु भएको छ ।

मुलुक सङ्घियताकै कारण अफ्ठ्यारो स्थितिमा पुगेको ले देश प्रती इमान्दार भएर संघीयता खारेज नगर्ने हो भने मुलुक नै खारिज हुने उल्लेख समेत गर्नु भएको छ ।

आफू देशका विभिन्न ठाउँमा पुग्दा जनताले राष्ट्रिय जनमोर्चा नेपाल र यस्को पार्टी पङ्ती प्रती ब्यक्त गरेको बिस्वासले आफूलाई सुखानु भुती भएको भए पनि जनताले निर्बाचनका बेला गर्ने गरेको गल्तीले मुलुक जोखिममा परेको कुरा पनि मनन गर्नुपर्ने बताउदै मुलुक अफ्ठ्यारो मा पार्नु को दोस नेतालाई मात्र दिनु जनताको पनि सरासर गलत भएको उल्लेख गर्नु भयो ।

नेकपा ,काङ्ग्रेस लगायत का ठुला दलाललाई बिस्वास गरि मतदान गरेका जनतालाई आज पछुतो भएको भए पनि मुलुक का सामु पछुताउनु भन्दा अर्को कुनै उपाय नभएको उल्लेख गर्नु भयो ।

जनमोर्चा नेपाललाई संसद भित्र कमजोर बनाउनु जनताको ठूलो गल्ती भएको उल्लेख गर्दै जनाताले आगामी दिन मा गल्ती सच्याउने कुरामा बिस्वास समेत व्यक्त गर्दै जनतालाई वास्तबिकता बुझाउन अहिले जनमोर्चा निकट बिद्यार्थि सङ्गठन देश ब्यापी रुपमा परिचालित भै रहेको समेत उल्लेख गर्नु भयो।

भिडियो हेर्नुहोस :

Leave a Reply