काठमाडौं। आइपिएल टिम दिल्ली डेयरडेभिल्सले आगामी सोमबार आफ्नो होमग्राउण्ड दिल्लीको फिरोज शाह कोटला स्टेडियममा पंजाबविरुद्ध हुने खेलमा आफ्नो बलियो हतियार नेपाली बलर सन्दिप लामिछाने हुने बताएको छ । दिल्लीको आधिकारिक बवेबसाइटमा उसले फिरोज शाह सन्दिपको लागि पनि सबैभन्दा उत्तम मैदान हुने बताएको छ । पढ्नुस् दिल्लीको वेबसाइटमा लेखिएको समाचारको नेपाली अनुवाद ।
भिभो आइपिएलको ११ औं सिजनमा दिल्ली डेयरडेभिल्स लगातार घरबाहिर खेल्दै ५ खेलपछि छैटौं खेल आफ्नो घरेलु मैदान फिरोज शाह कोटलामा २३ अप्रिलमा खेल्नेछ । यद्यपि यसअघि २१ अप्रिलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध उसकै घरमा खेल्नुछ । अहिलेसम्म बाहिरको सफर जस्तो रहे पनि दिल्लीको टिमले घरमा राम्रो सुरुवात गर्न चाहनेछ । फिरोज शाह कोटलाको विकेटमा स्पिनर कति कहर वर्षाउन सक्छन् यसको सबैभन्दा ठूला प्रमाण अनिल कुंभले हुन् जसले पाकिस्तानविरुद्ध एक इनिङका सबै १० विकेट लिएका थिए ।
यदि कुरा अहिलेको गर्ने हो भने यो मैदानमा पछिल्लो टी–२० म्याच भारत र न्यूजिल्याण्डविरुद्ध खेलिएको थियो जहाँ १० मध्ये ६ विकेट स्पिनरले लिएका थिए । कोटलामा टी–२० म्याचमा फास्ट बलरले लगभग १० को इकोनोमीमा रन दिएका छन् भने स्पिनरले यहाँ बाजी मार्दै मात्रै ६.३३ को औसतले रन दिएका छन् । हामी यस्तो यसकारण भन्दैछौं किनकि जुन तरिकाले आइपिएल ११ मा अहिलेसम्म तीन स्पिनर खेलाउने दौर चलेको छ र टिमहरुले सफलता पनि पाएका छन् । यस्तोमा दिल्ली पनि आफ्नो हतियारको भण्डारबाट सन्दिप लामिछानेलाई बाहिर निकाल्न चाहनेछ ।
यी बलरको शानदार रेकर्डलाई हेर्दा यस्तो लाग्छ कि सन्दिप फिरोज शाह कोटलामा अतुलनीय प्रदर्शन गर्न सक्छन् । यी खेलाडीले २०१६ मा आफ्नो करिअर नेपालको अण्डर १९ टिमबाट सुरु गरेका थिए । दोसे खेलमै १७ वर्षीय यी लेग स्पिनरले आयरल्याण्डविरुद्ध ह्याट्रिक लिएर सबैलाई आफ्नो प्रतिभाको परिचय गराइदिएका थिए । यो प्रतियोगितामा सन्दिपले सबैलाई प्रभावित पारे र विकेट लिने मामिलामा दोस्रो स्थानमा रहे ।
भनिन्छ हिराको परख जौहरीले मात्र गर्न सक्छन् । सन्दिपको लागि जौहरी बनेर आए उनका आदर्श शेन वार्नको देशका माइकल क्लार्क । उनले यी खेलाडीको प्रतिभालाई सबैभन्दा पहिले हङकङमा देखेका थिए र यी बलरबाट क्लार्क यति प्रभावित भए कि उनले लामिछानेलाई त्यही वर्ष सिड्नीमा हुन लागेको ग्रड क्रिकेटमा बोलाए । माइकल क्लार्कको रेखदेखमा सन्दिपले धेरै सिके र त्यसको नतिजा यो भयो कि आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा सन्दिप लामिछाने सबैभन्दा बढी विकेट लिने बलर बने । जसका कारण नेपाल पहिलो स्थानमा रहेको थियो । लामिछानेलाई यो प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टको पुरस्कार पनि दिइयो ।
अगाडि गएर हालै सकिएको विश्वकप छनोटमा पनि लामिछानेले आफ्नो टिमलाई अहम जीत दिलाउँदै आइसीसीको वन डे मान्यता दिलाउन ठूलो भूमिका निभाएका थिए । यी खेलाडीले अहिलेसम्म २१ लिस्ट ए खेलमा ४.०४ को इकोनोमीमा ४२ विकेट हासिल गरेका छन् ।