Tuesday, May 18, 2021
Home > भिडियो > २ करोडले सुनेको छोरीको गित सुनेका छैनन झुप्रोमा सर्टको भरमा जाडो छेक्ने बिष्णु माझिका बुबाले (भिडियो)

२ करोडले सुनेको छोरीको गित सुनेका छैनन झुप्रोमा सर्टको भरमा जाडो छेक्ने बिष्णु माझिका बुबाले (भिडियो)

काठमाण्डौं कालीगण्डकी पारी एउटा झुप्रोमा भेटिएका ५८ वर्षीय यी बृद्ध हुन चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझीका बुबा तारा बहादुर माझि । एउटा गीत गाएको ४० हजार पारिश्रमिक छ बिष्णु माझीको उनले अहिले सम्म कति हज्जार या लाख गित गाईन कुनै हिसाब किताब छैन । खोजबिन गर्ने हो भने नेपालमा धेरै गित गाउँने कोहि कलाकार छ भने त्यो बिष्णु माझि नै हुन् । अनि उनै माझिको घर किन यस्तो ? घर देख्ने बित्तिकै उब्जिने पहिलो प्रश्न हो यो ।

दोस्रो प्रश्न हो पुषयामको जाडोमा कालिगण्डकी नदीको किनारामा बिष्णु माझीका बुबा एउटा सर्ट र हाइनेकको भरमा के छोरीले एउटा बुबाको जाडो छेक्न जकेट पठाउन सक्दिनन होला ? तेस्रो प्रश्न हो हिजो जिल्ला प्रशासन कार्यालय पुगेका बिष्णु माझि र उनका श्रीमान शुन्दरमणि अधिकारी किन पत्रकार सामु बोलेनन र झर्किदै व्यक्तिगत कुरा भन्दै पन्छिए ?

करिब २ करोडले सुनेको आफ्नै छोरीले स्वर दिएको लोक गित इतिहासकै सर्वाधिक चर्चित गित ‘सालको पात टपरी हुने हे बरै नहुने सल्लैको’ सुनेका रहेनछन माझीका बुबा ताराबहादुरले के बुबालाई आफ्नो गित सुनाउँने हैसियत छैन होला बिष्णु माझीको ?

जिल्ला प्रशासनमा विष्णुले छलफलका बेला पनि मुखबाट माक्स नहटाइपछि एसपी लम्सालले माक्स र पछ्यौरा हटाउन लगाएका थिए । अनुहारमा कुनै चोट, खत नभएको पनि एसपी लम्सालले बताए । राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा गुमनाम हुनुको कारणबारे प्रहरीले प्रश्न गरेको थियो । सुन्दरमणिले ‘आफ्नो इच्छा’ हो भन्दै चर्को स्वरमा जवाफ दिए । छलफलमा गरिएका प्रत्येक प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे ।

एसपी लम्सालले छलफलमा गरिएका प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताए। विष्णु र सुन्दरमणिले पत्रकारसँग बोल्न मानेनन्। कसैले केही सोध्ने वा फोटो खिच्न खोजे सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिन्थे।

भिडियो:

Leave a Reply