Friday, May 14, 2021
Home > समाचार > यी नर्स जो डिउटी सकेपछि सडकमा भौँतारिरहेका असहायहरुलाई घरमा लैजान्छिन् दाह्री कपाल आफै काटिदिन्छिन् र चिटिक्क बनाउँछिन् !

यी नर्स जो डिउटी सकेपछि सडकमा भौँतारिरहेका असहायहरुलाई घरमा लैजान्छिन् दाह्री कपाल आफै काटिदिन्छिन् र चिटिक्क बनाउँछिन् !

श्रृजना आचार्य, कोहलपुर, २२ पुष । सडकमा कुनै मानसिक सन्तुलन गुमाएको ब्यक्ति जसको शरिरमा एउटा पनि लुगा छैन । दाह्री र कपाल बढेर अनुहार देखिदैन । अस्वभावि कृयाकलाप गरेर हिडिरहेको छ । यस्तो ब्यक्तिको नजिक जान जो कोही पनि पक्कै डराउँछ । तर तपाइँ आफै अनुमान गर्नु एउटा सुन्दर युवती जव उनको नजिक जान्छिन् उसलाई सुम्सुम्याउँछीन्, मायाले उनको मनोभावना बुझ्ने कोशिष गर्छिन अनि आफैसंग लिएर जान्छिन् ।

अनुहारै छोपिने गरी फैलिएको दाह्री कपाल आफ्नै हातले फालिदिन्छन् । नाङ्गो शरिरमा कपडा लगाइदिन्छिन् । त्यति गरिसकेपछि अघि ढुंगाले हान्न तम्सेको त्यो मानसिक सन्तुलन गुमाएको ब्यक्ति पनि ति युवतीलाई आफ्नो अभिभावक भेटिएको जस्तो गरी उनको अगाडी निरिह हुन्छ । त्यस्तो काम गर्न कत्तिको हिम्मत चाहिन्छ ?

अहिले यस्तै हिम्मतीलो काम गरेर आफ्नो परिचय स्थापित गरेकी युवती हुन् बाँके कोहलपुरकी युवा महिला अञ्जु न्यौपाने । तर अहिले उनी अञ्जु निलसागरको नामले परिचित छन् । पेशाले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको स्टाप नर्स हुन् । तर यतिले मात्र उनको परिचय पुरा हुँदैन । उनी निल सागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र कोहलपुरको संयोजक पनि हुन् ।

यो संस्थाको अगुवाई गरेकी अञ्जुले दिनभरी आफुले अस्पतालमा पुरा गर्नुपर्ने डिउटी पुरा गर्छिन त्यस बाहेक बचेको समय समाजसेवाका लागि खर्चेकी छन् । अहिले कोहलपुर स्थित मेडिकल कलेजमा कार्यरत स्टाप नर्सका लागि उनी एउटा प्रेरणा बनेकी छन् । ‘बाटोमा त्यसरी अस्वभाविक गतिविधि गर्दै हिडेको ब्यक्तिको नजिक जान सबै मान्छे डराउँछन् ।

कतिपयले ढुंगाले समेत हान्छन्, तर उनीहरुको मनमा पनि माया स्नेह हुन्छन, उनले भनिन्, उनीहरु माया नपाएका कारण यस्तो भएका हुन् । उनीहरुलाई पनि माया चाहिन्छ । त्यसैले उनीहरुलाई पनि मायालु ब्यवहार गर्यो भने परिवर्तन हुन्छन् ।’ सेवा भावमा लागेपछि अञ्जुले सिकेको फर्मुला हो यो । उनी सबै समस्याको समाधान मायामा देख्छिन् । त्यसैले सडकमा माया नपाएर भौतारिरहेकाहरुको सहारा बनेकी छन् । निलसागरको मुख्य कार्यालय नेपालगन्जमा छ । त्यहाँ अध्यक्ष सरिता खनाल र उपाध्यक्ष अमन सुवेदी सकृय छन् । निलसागरमा अहिले ४२ जना त्यस्ता असहायहरुले सहारा पाएका छन् ।

बाँके बर्दिया लगायत सिमानाको जिल्लावाट मात्र होइन निलसागरमा जाजरकोट जुम्ला देखिका असहायहरु पनि सहारा लिएर बसेका छन् । ‘हामीले सडकमा जहाँ भेट्यो त्यहीँवाट असहायहरुलाई उठाउँछौं, उनले भनिन्, अधिकांश त अभिभावक नभएका बालबालिकाहरु छन् ।’

कोहलपुरलाई सहयोगीपेक्षी रहित बनाउन उनले अभियान सुरु गरेकी छन् । बाटोमा भेटिएका सहयोगीपेक्षीहरुलाई लिएर आश्रममा लैजाने, उनीहरुलाई सफा बनाउने, दाह्री कपाल समेत उनी आफै काटिदिन्छिन् । केन्द्रमा पुगेपछि उनीहरुको रुपनै फेरीन्छ । ‘बाटोमा हिडिरहेका तथा सहयोगीपेक्षीलाई सेवा केन्द्रमा लिएर जान निकै समस्या हुन्छ, उनले भनिन् सुरुमा विश्वास गर्दैनन्, कतिपयले त मलाई नै ढुंगाले पनि हानेका छन् ।’ तर पनि उनले त्यस्ता बेसहाराहरुलाई फकाएर सेवा केन्द्रमा लिएर जान्छिन् र उनीहरुको सेवा गर्छिन ।

Leave a Reply