Friday, May 14, 2021
Home > समाचार > दुःखद खबरः नयाँपुलबाट मिचोक जाँदै गरेको जीप भीरबाट ३ सय मिटर तल खसेपछि

दुःखद खबरः नयाँपुलबाट मिचोक जाँदै गरेको जीप भीरबाट ३ सय मिटर तल खसेपछि

पोखरा २२ पौष । कास्कीको अन्नपुर्ण गांउपालीका वडा नं.१० स्थित हुदुमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । नयांपुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जांदै गरेको ग १ ज ५१९७ नं.को जिप सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

आज दिउँसो करिब साढे १ बजेतिर उक्त दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । खबर प्राप्त हुन साथ प्रहरी चौकी घान्द्रुक कास्कीबाट प्रहरी टोली खटिएको छ ।

वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा सोको सहितको प्रहरी टोली समेत घटना स्थल हुँदु पुगेको जनाईएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अन्नपुर्ण गाउँपालिका ५ झोबाङ बस्ने ३५ वर्षका भिम बहादुर खत्री क्षेत्रीले जिप चलाएका थिए । जीप धनी नै क्षेत्री रहेको पनि प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply