Tuesday, June 15, 2021
Home > अन्तराष्ट्रिय > १४ वर्षदेखि कोमामा रहेकि महिलाले स्वस्थ बच्चा जन्म दिएपछि डाक्टरहरु नै चकित्

१४ वर्षदेखि कोमामा रहेकि महिलाले स्वस्थ बच्चा जन्म दिएपछि डाक्टरहरु नै चकित्

एरिजोना। अमेरिकाको एरिजोनास्थित हेसिंडा हेल्थ केयरमा करिब १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । कोमामा पूर्णतया चेतनाशून्य महिलाले बच्चा जन्माएपछि उनीमाथि अस्पतालमै यौनशोषण भएको आशंकामा जाँच सुरु गरिएको छ । यही अस्पतालका स्टाफमाथि यसअघि पनि दुव्यवहारको आरोप लागिसकेको छ ।

बच्चा जन्माउने महिला विगत १४ वर्षदेखि अस्पतालमा छिन् । पानीमा डुबेपछि उनको मस्तिस्क क्षतिग्रस्त भएको थियो र उनी कोमामा पुगेकी थिइन् । उनलाई २४ घण्टा हेरचाह गर्नुपर्छ । अस्पतालका स्वास्थ्यकर्मी दिनमै कैयौं पटक महिलाको जाँच गर्छन् । अब स्टाफमाथि यौनशोषणको आरोप लागेपछि अस्पतालले नियम फेरेको छ । नयाँ नियमअनुसार अब पुरुष स्टाफसँगै महिला स्टाफ पनि त्यहाँ रहनेछिन् । स्टाफको संख्या बढाउनुका साथै बिरामीको सुरक्षामा पनि ध्यान दिइनेछ ।

केन्द्रका प्रवक्ताका अनुसार यो घटनाको जाँचमा स्टाफले हरसम्भव सहयोग गरिरहेका छन् । हेल्थ सेन्टरका स्टाफमाथि यसअघि पनि अभद्रताको आरोप लागिसकेको थियो जसका कारण २०१३ को डिसेम्बरदेखि यो अस्पताललाई दिइने अनुदानमा रोक लगाइएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!