Friday, May 14, 2021
Home > प्रवास > बेलायतमा एक नेपाली युवक माथि लाग्यो यस्तो आरोप, युवालार्इ नै बलात्कार गरेपछि १३ बर्ष जेल

बेलायतमा एक नेपाली युवक माथि लाग्यो यस्तो आरोप, युवालार्इ नै बलात्कार गरेपछि १३ बर्ष जेल

लण्डन – नवीन पोखरेल । बेलायतको एक स्थानीय अदालतले ब्रिटेनको रेडिङ शहरमा बसोबास गर्ने एक नेपालीलाई एक युवालाई बलात्कार गरेकोमा दोषी ठहराएको छ।रेडिङ क्रोनिकल नामक समाचारपत्रका अनुसार रेडिङ क्राउन कोर्टले गत वर्ष जुन महिनामा देउकुमार लिम्बुले ‘लर्निङ डिज्एबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ।

ती युवाको परिचय भने खुलाइएको छैन। प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसंग आफ्नो घरजाने बाटो सोधेका थिए। राती आफ्ना साथीहरुसंग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफुसंग फोन वा पैसा पनि नभएको उनले बताएका थिए। ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजीकै बेर्सफोर्ड रोड प्लेग्राउण्डमा लगेर उनीसंग जबर्जस्ती यौन संबन्ध राखेको प्रहरीले जनाएको छ।

डिष्ट्रिक्ट जज क्याम्पबेलले लिम्बुलाई १३ वर्षको जेल सजाय सुनाएकी छन्। तर सो जेल सजायको आधा अवधि लिम्बुले आफ्नै समुदायमा बिताउन पाउनेछन्। उनको आचरण राम्रो देखिएमा उनलाई थप तीन वर्ष पनि समुदायमै बस्न दिइनेछ।

फैसला सुनाउँदै न्यायाधीशले आफ्नो यौनजन्य हिंसाकालागि लिम्बुले पश्चाताप नगरेको बताइन्। न्यायाधीशले सार्वजनिक ठाउँमा आफुसंग मदत माग्न माएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु एक यौन अपराधी भएको बताइन्।

सो घटनाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो। प्रहरीसंगको बयानमा लिम्बुले ती युवासंग सहमतिमा आफुले यौन संबन्ध राखेको दावी गरेका थिए। सो घटनापछि ती युवकले आफुलाई डर लाग्ने, सो घटनाको झझल्को आइरहने र राम्रोसंग सुत्न नसक्ने बताएका थिए।

सो घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेका थिए। लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा जनाइएको छ। – विनेपाली

Leave a Reply