Monday, May 10, 2021
Home > अन्तराष्ट्रिय > राष्ट्रपति हुन् त यस्ता! मध्यराति चिसोमा घरबारविहिनहरूकाे अवस्था बुझ्दै पोर्चुगलका राष्ट्रपति! सम्मान स्वरूप एक लाइक गराैं

राष्ट्रपति हुन् त यस्ता! मध्यराति चिसोमा घरबारविहिनहरूकाे अवस्था बुझ्दै पोर्चुगलका राष्ट्रपति! सम्मान स्वरूप एक लाइक गराैं

पोर्तुगलका राष्ट्रपति मार्सेलो रेबेलो दि सौजा शनिवार अबेर राति घरवारबिहिनहरुको अवस्था बुझ्न राजधानी लिस्बनमा एक्लै निस्किए। कठांग्रिने जाडोमा राति अबेर देखि मध्यरातिसम्म राजधानीमा घरबारविहिनहरुको सडकको बास हुने विभिन्न ठाउँहरुमा हिड्दै गएर घरबार बिहिनहरुसंग भेटघाट र भलाकुसारी गरेका छन्। यसरी भेटघाटको क्रममा रास्ट्रपति मार्चेलोले सडकमा बास गरिरहेका घरबारविहिनहरुलाई खाना बाड्नुको साथै उनीहरुको समस्या बुझ्ने र सरकारले कसरी घरबारविहिनहरुलाई सहयोग गर्नसक्छ भन्ने बारेमा छलफल गरेको बुझिएको छ।

फेसबुकबाट ।

रास्ट्रपति मार्सेलोलाई सडकमा एक्लै घरबारबिहिनहरु भेट्ने क्रममा नेपालीहरुले पनि भेट्ने र भलाकुसारी गर्ने मौका पाएका छन्। देशकै उच्च ब्यक्ति रास्ट्रपतिसंगको आकस्मिक भेट र बिना कुनै सुरक्षागार्ड निर्वाध रुपमा गरेको हिडडुल र उनले सडकमा सुत्ने घरवारबिहिनहरु संग गरेको सरल मानवीय व्यवहार देखेर अचम्मित भएका छन्।

यसैक्रममा लिस्बनमा बस्दै आईरहेका नेपाली नागरीक राजिब बस्नेतले घुम्दैगर्दा अचानक सडकमा रास्ट्रपति मार्सेलो देखेपछि उनीसंगै सेल्फी खिचेको फोटो सामाजिक संजाल फेसबुकमा लेखेका छन् ” गरीवलाई खान बाढ्दै अनि नया वर्षको शुभकामना दिदै बिना सुरक्षा यसरी हिड्ने राष्ट्रपति हामीले कहिले पाउने नेपालले कहिले पाउने !!”

बिहिवार मात्रै पोर्तुगलका प्रधानमन्त्री एन्तोनिया कोस्ता आफ्नो घरको ठेगाना बदल्न वडा कार्यालय सार्बजनिक बसमा आफ्नी श्रीमतीका साथ गएको समाचारले तरंग ल्याएको थियो।

भ्वाइसअफनेपालबाट साभार ।

Leave a Reply