Tuesday, May 18, 2021
Home > समाचार > मध्यराति दार्चुलामा गयो भूकम्प, सुतिरहेका मानिसहरुको भागाभाग

मध्यराति दार्चुलामा गयो भूकम्प, सुतिरहेका मानिसहरुको भागाभाग

बैतडी । दार्चुला जिल्लामा शनिबार भूकम्पको धक्का महशुस भएको छ । शनिबार मध्यराति १० बजेर १ मिनेटमा दार्चुलाको सदरमुकामदेखि २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दीपक बस्नेतले जानकारी दिए ।

भूकम्पको धक्काबाट भौतिक तथा मानवीय क्षति भएको छैन । भूकम्पीय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समय समयमा भूकम्प जाने गरेको छ । भूकम्पको धक्का महसुस भएसँगै स्थानीय घरबाहिर निस्केका थिए ।

दार्चुलामा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शनिबार राति नै भूकम्पले हल्लाएको बारेमा जानकारी दिएका थिए । यस्तै केहि दिनअघि काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । गए राति भने पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

सन् २०१९: फेसबुकका लागि किन बन्दैछ खराब समयको सुरुवात ?
गत वर्ष सन् २०१८ मा हामीले सोसल मिडिया साइट फेसबुकमाथि विभिन्न खाले गम्भीर प्रकृतिका आरोपहरु लागेको सुन्यौं, पढ्यौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटाहरु व्यापारिक प्रयोजनका लागि बेचिरहेको खुलासा भयो ।

यससम्बन्धमा जवाफ दिनका लागि फेसबुक सीईओ मार्क जुकरबर्ग अमेरिकी संसद सिनेटमा हाजिर हुनुपर्यो । फेसबुकले आधिकारिक रुपमा आफ्नो गल्ती स्वीकार्नुपर्यो र आइन्दा गल्ती नदोहोराउने बाचा पनि गर्यो । यद्यपि, अनेक प्रतिबद्धताका बाबजुद मानिसहरुको मनमा फेसबुकप्रतिको आशंका अद्यापि कायमै छ ।

उल्लेखित विवादबीच पनि बितेको वर्ष सन् २०१८ मा फेसबुकका लागि समग्र रुपमा राम्रै रह्यो । तर यो वर्ष सन् २०१९ देखि भने फेसबुकको लागि खराब समयको सुरुवात हुनेछ ।

आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो ।

यसका अलावा अन्य विभिन्न देशहरुले पनि आफ्ना नागरिकहरुका डाटा फेसबुकमा सुरक्षित नरहेको अनुभूत गरिरहेका छन् । यस्तो अनुभूतिले फेसबुकका लागि गम्भीर परिणाम ल्याउन सक्दछ ।

इन्टरनेशनल एसोसिएसन अफ प्राइभेसी प्राक्टिसनर्स (आइएपीपी) का निर्देशक केट कोलेरी भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यस्तो खालको गडबडीहरुलाई रोक्नका लागि सही तरिका अपनाउनु हो । यदि यसले पनि पुगेन भने हामी प्रशासनिक स्तरमा समेत जाँच गर्नेछौँ ।’

अर्को शव्दमा भन्नुपर्दा यस समितिको फैसला फेसबुकका लागि निकै महंगो सावित हुनसक्दछ । युरोपेली संघको जनरल डाटा सुरक्षण निर्देशिका अनुसार यदि यसमा फेसबुक दोषी देखिएमा उसले आफ्नो विश्वव्यापी आम्दानीको ४ प्रतिशत हिस्सा जरिवानाको रुपमा तिर्नुपर्नेछ ।

यस हिसाबले फेसबुकले डेढ अर्ब अमेरिकी डलर भन्दा धेरै रकम जरिवानाको रुपमा तिर्नुपर्ने हुनसक्दछ । समस्या अरु पनि छन् । फेसबुकका लागि समस्याहरु यत्तिमै सकिनेवाला छैनन् । आयरल्याण्डमा हुने अनुसन्धान मात्र होइन, आफ्नो मुलुक अमेरिकाकै संघीय व्यापार समितिले पनि सन् २०११ मा भएको सम्झौताको आधारमा फेसबुकमाथि अनुसन्धान गरिरहेको छ ।

उक्त सम्झौतामा फेसबुकले कुनै पनि प्रयोगकर्ताका निजी डाटा लिने र त्यसलाई अरुसँग शेयर गर्नुअघि प्रयोगकर्ताको सहमति अनिवार्य लिने कुरामा सहमति जनाएको थियो । आफूले उक्त सम्झौताको उल्लंघन नगरेको दाबी फेसबुकले विभिन्न अवसरमा गर्दै आएको छ । तर समिति फेसबुकको त्यस्तो दाबीमा भर परेको छैन र फेसबुकमाथि थप अनुसन्धान गर्न चाहन्छ ।

अनुसन्धानका क्रममा फेसबुकले सम्झौताको उल्लंघन गरेको पाइएमा फेसबुकमाथि अर्को बज्रपात हुनेछ र जरिवाना रकमको अंक निकै बढ्नेछ । फेसबुकले सम्झौता उल्लंघन गरेको ठहर भएमा उसले उल्लंघन भएको हरेक दिनको ४० हजारका दरले जरिवाना तिर्नुपर्नेछ ।

यतिमात्र होइन, सो जरिवाना रकम प्रयोगकर्ताको संख्याको आधारमा बढ्दै जानेछ । अमेरिकामा मात्रै ८ करोड फेसबुक प्रयोगकर्ताको हिसाबले फेसबुकमाथि ३ अर्ब अमेरिकी डलर जरिवाना लाग्न सक्दछ ।

यद्यपि, यस्तो हुने सम्भावना कम छ, किनकि अमेरिकी संघीय व्यापार समितिको उद्देश्य फेसबुक जस्तो ठूलो अमेरिकी कम्पनीलाई तहस नहस पार्नु होइन । उसले केवल ती कम्पनीहरुको गलत काम रोक्न चाहन्छ । वाशिंटन पोष्टलाई दिएको एक अन्तर्वार्तामा समितिका निर्देशक डेभिड व्लादेकले फेसबुकमाथि १ अर्ब अमेरिकी डलरसम्म जरिवाना लाग्नसक्ने बताएका छन् । सञ्चारकेन्द्रबाट ।

Leave a Reply