Friday, May 14, 2021
Home > समाचार > फेरि दोलखाबाट आयो टिपर र मिनबस ठोकिएपछि यस्तो दुःखद खबर

फेरि दोलखाबाट आयो टिपर र मिनबस ठोकिएपछि यस्तो दुःखद खबर

दोलखा : दोलखाको विगु गाउँपालिकामा मिनी टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।दुर्घटनामा विगु गाउँपालिका ६, आलम्पुका ३० वर्षीय टहलबहादुर थामीको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।दुर्घटनामा चालक विगु गाउँपालिका ५, चिलंखाका २९ वर्षीय जयराम गुरुङ, ट्रिपरमा सवार विगु ६, आलम्पुका २३ वर्षीय सन्तबहादुर थामी छन् ।

त्यस्तै सोही स्थानका २५ वर्षीय लालकुमार थामी घाईते भएको दोलखा प्रहरीले जनाएको छ।घाइते तिनै जनाको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।विगु गाउँपालिका ५, चिलंखा स्याँखुबाट सिंगटीतर्फ आउन लागेको बा ५ ख २६६२ नम्वरको ट्रिपर दुसिडाँडामा दुर्घटना भएको हो। ढुंगा लोड गरिएको मिनी टिपर उकालोमा चिप्लिएर दुर्घटना भएको हो।

याे पनि पढ्नुहाेसः
चितवन , २१ पुसचितवनका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेका हुन् । प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको व्यक्ति भएको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यस्तै, पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भेटिएको छ । स्थानीयवासी बुद्धिराम चौधरीको इनारमा सोही ठाउँका भलाई महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो ।

Leave a Reply