काठमाडौं, ७ वैशाख । गुण्डा नाइकेका रुपमा चिनिएका प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । उनी अब ३ वर्ष जेलमा बिताउने छन् । दीपकलाई प्रहरीले बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतले कारागार चलान गर्न आदेश सुनाए पछि उनलाई कारागार पठाइएको हो ।गएको माघ महिनामा ज्यान मार्ने उद्योगमा उनलाई ५ वर्ष
जेल सजाय सुनाइएको थियो । काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् ।
२०७८ साल वैशाख ६ गतेसम्म उनी जेलमा रहने थापाले बताउनुभयो । अर्का गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेपछि उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका थिए ।