Tuesday, January 18, 2022
Home > समाचार > चीनले बनायो अनौठो चश्मा : जुन लगाएपछि जस्तोसुकै भिडभाडमा पनि अपराधी सजिलै चिन्न सकिन्छ

चीनले बनायो अनौठो चश्मा : जुन लगाएपछि जस्तोसुकै भिडभाडमा पनि अपराधी सजिलै चिन्न सकिन्छ

एजेन्सी – चीन एक बिकसित देश हो जसले बिभिन्न अनौठो प्रबिधिको बिकास गरिरहेको छ । यसैक्रममा चीनले अपराधी पहिचान गर्ने एक नौलो प्रबिधिको बिकास गरेको छ ।अपराधी पहिचानका लागि भन्दै चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै नयाँ वर्षका लागि विशेष चश्मा प्रयोग गरी सुरक्षा सर्तकता अपनाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको हो ।अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार भीडमा संदिग्धलाई पहिचान गर्न सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिएको छ । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!