Monday, May 10, 2021
Home > समाचार > कन्चनपुरमा प्रहरीलेनै यसरि खन्न प्रयोग गरिने फरुवाले टाउकोमा प्रहार गरि श्रीमतीको निर्मम हत्या

कन्चनपुरमा प्रहरीलेनै यसरि खन्न प्रयोग गरिने फरुवाले टाउकोमा प्रहार गरि श्रीमतीको निर्मम हत्या

कंचनपुर, महेन्द्रनगर र सशस्त्र प्रहरी बलका हवल्दारले आफ्नै श्रीमतीलाई माटो खन्न प्रयोग गरिने फरुवाले टाउकोमा प्रहार गर्दै हत्या गरेका छन् ।कंचनपुर जिल्ला भिमदतनगरपालिका वडा नम्बर ८ तिलाचौरमा घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार केशव बहादुर कार्कीले आफ्नो श्रीमतीको हत्या गरेका हुन ।मंगलबार खेतमा गरिरहेका बेला दुबै बीच सामान्य बिबाद उत्पन्न हुँदा झगडा सुरु भएको बताईएको छ । झगडाले उग्ररूप लिएपछि श्रीमती केशव बहादुर कार्कीले आफ्नी श्रीमतीलाई फडुवा प्रहार गरि हत्या गरेका थिए । कार्की केही दिन अगाडी घर बिदामा आएको थिए ।

नेपाली जनताको सुरक्षामा खटिएको मान्छेले आफ्नी श्रीमतीलाई सामान्य बिबाद हुँदा निर्मम एवं कुरुर अपराधी जस्तो ब्यवहार गर्दै हत्या गर्ने मान्छेले कसरी जनताको सुरक्षा गर्छ भने गाउलेहरु आरोप लगाएका छन् ।उक्त घटनाले अहिले गाउँ शोकमा डुबेको छ् ।

माओवादका युवा नेता हरि सुबेदिले यो घटनाको निन्दा गर्दै घटनाले आफुलाई एकदम स्तब्ध तुल्याएको र उक्त घटनालाई हेर्ने हो भने सुरक्षा जस्तो संबेदनसिल ठाउँमा कार्यरत ब्याक्तीले क्रुद्ध अपराधी हुन्छ्न भने यस्ता ब्याक्तीहरुले नेपाली जनताको सुरक्षा कसरी गर्लान् भन्ने प्रश्न उठाएका छन् ।यो घटनाले नेपालको सिङ्गो सशस्त्र प्रहरी बल माथी नै प्रश्न चिन्ह खडा भएको बताए । साथै उहाँले उक्त घटनाका दोषीलाई हदै सम्मको कार्वाहीको माग गर्दै मृतकको आत्माको शान्तिको कामना गर्नु भएको छ् ।जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भईरहेको जानकारी दिएका छन्

Leave a Reply