Monday, May 10, 2021
Home > समाज > बिचरा श्रीमति : फोन गर्नेको नाम नभनेकै रिसमा पत्नी हत्या गर्ने यस्ता नरपिचासलाइ चिन्नुहाेस

बिचरा श्रीमति : फोन गर्नेको नाम नभनेकै रिसमा पत्नी हत्या गर्ने यस्ता नरपिचासलाइ चिन्नुहाेस

नवलपरासी । जंगलमा सँगै घासदाउरामा जाँदा पत्नीको मोबाइलमा फोन आउँछ नै । मोबाइलमा फोन गर्नेको नाम नभन्दा २२ वर्षीया कमला चौधरीको हत्या भएको छ, त्यो पनि पतिबाटै ।पश्चिम नवलपरासीको बर्दघाट–४ लक्ष्मीनगरका सुनील चौधरीले पत्नी कमलाको हत्या गरेका हुन् । ४ पुसमा सँगै जंगल गएका बेला कमलाको फोन आएपछि सुनीलले सोधेका थिए । कमलाले नबताएपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको सुनीलले स्वीकारेका छन् ।

अझ रमाइलो त जंगल जाँदा पत्नी हराएको भन्दै सुनीलले मिडियामा समाचारसमेत दिएका थिए । पत्नीको खोजी गर्न प्रहरीमा भनेका थिए ।कमला हराएको १४ दिनपछि स्थानीय महिला घाँस काट्न गएका बेला चिसापानी जंगलमा कमला मृत भेटिएकी हुन् । कमला र सुनीलको प्रेमविवाह भएको हो । विवाहपछि दुवै जनामा मनमुटाव बढेको थियो । सुनीलले कमलामाथि शंका गरेरै हत्या गरेको स्वीकार गरेका छन् सोलुखुम्बु – जिल्ला अदालत सोलुखुम्बुले कर्तव्य ज्यान मुद्दाका तीनजना दोषीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको

छ माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा पक्राउ परेका तीन महिलालाई शुक्रबार पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिइएको हो मगरको शव गएको मंसिर ४ गते भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ३५ वर्षकी कुमारी मगरसहित तीनजना महिला मिलेर अमरको हत्या गरेको खुलासा भएको छ ।

अनुसन्धानको क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिनुभयो । हत्याको आरोपमा सल्लेरी निवासी ४० वर्षकी माया शेर्पा, ३५ वर्षकी कुमारी मगर र ३९ वर्षकी मनिका मगरलाई मंसिर २५ गते प्रहरीले प्रक्राउ गरेको थियो ।

अम्बरबहादुर मगर र कुमारी मगर बीचको सामान्य विवादलाई लिएर अम्बरबहादुरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अम्बरबहादुर गार्मा भन्ने स्थानमा घुम्न गएको समयमा बाटोमा भेट भएको समयमा विवाद हुँदा तीन महिलाले हत्या गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

हत्या भएको झण्डै एक महिनापछि हत्यारा पत्ता लगाउन सफल भएको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । गहिरो अनुसन्धान पश्चात हत्यारा पत्ता लागेको उहाँको भनाई छ ।

Leave a Reply