Monday, July 4, 2022
Home > मनोरञ्जन > किन युवाहरु “आन्टी टाइप”का महिलाहरू मन पराउँछन्

किन युवाहरु “आन्टी टाइप”का महिलाहरू मन पराउँछन्

आज भोलीका युवाहरु आफ्नो स्तर भन्दा माथिल्लो उमेर समुहका युवतीहरुसँग रमाउन खोज्छन अनि रमाउछन पनि ।

पछिल्लो बिभिन्न तथ्याकमा पनि यस्तो देखाएको छ । आज हामी यसैको बारेमा चर्चा गर्नेछौ ।
नायिका श्वेता खड्काले केहि महिना पहिला निकै कान्छा युवकसँग बिवाह गरिन् ।

त्यस्तै अभिनेत्री प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीबिच बिवाह भएसकेको छ ।
यो पनि थाहा भएकै कुरा हो कि, प्रियंका भन्दा आयुशमान उमेरले कान्छो छन् ।

अब अर्की प्रियंका अर्थात बलिउड अभिनेत्री प्रियंका चोपडा को कुरा गरौं । यी अविवाहित अभिनेत्री अहिले आफुभन्दा निकै कम उमेरकै युवासँग बिवाह गरिन् । यी दुईले बिवाह नै गरे ।

यी दुईको उमेरमा दस वर्षको फरक छ ।
हो कि, प्रियंका भन्दा आयुशमान उमेरले कान्छो छन् ।
अब अर्की प्रियंका अर्थात बलिउड अभिनेत्री प्रियंका चोपडा को कुरा गरौं ।

यी अविवाहित अभिनेत्री अहिले आफुभन्दा निकै कम उमेरकै युवासँग बिवाह गरिन् । यी दुईले बिवाह नै गरे । यी दुईको उमेरमा दस वर्षको फरक छ ।

२५ वर्षे अमेरिकी गायक निकी जोनासले प्रियंकाभन्दा पहिला थुप्रै सँग डेट गरेका थिए जसमध्ये अधिकांश उनीभन्दा जेठा थिए । यसरी सम्बन्ध राख्ने सेलिब्रेटीहरू बलिउड एवं हलिउडमा थुप्रै छन् ।

हामीकहाँ विवाहको कुरा गर्दा पुरुषभन्दा कम उमेरकी दुलही खोजिन्छ ।

यसको धार्मिक, समाजिक, मनोवैज्ञनिक पक्ष के छ रु त्यसतर्फ नलागौं । यद्यपी पुरुषले आफ्ना जोडीको रुपमा कम उमेरकै महिला खोज्ने गर्छन् ।

अधिकांश दम्पतीलाई हेर्ने हो भने पनि उनीहरुमा पतिको भन्दा पत्नीको उमेर कम पाइन्छ । तर, पछिल्लो परिस्थिती फरक छ ।

कतिपय युवाहरु, जो आफुभन्दा बढी उमेरका महिलासँग रमाउन थालेका छन् । सेलिब्रेटी मात्र हो र रु सर्वसाधारणमा पनि आफूभन्दा बढी उमेरका महिलासँग प्रेम गरेरै विवाह गर्ने पुरुष थुप्रै छन् ।

परम्पराले कम उमेरका महिलासँग मात्र विवाह गर्नुपर्छ भनेको भए पनि बढी उमेरका महिलासँग सम्बन्ध राख्न चाहने पुरुषको संख्या ठूलो छ ।
केटाहरू आफूभन्दा बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् त ?

मानसिक रूपले स्वतन्त्र बढी उमेरका महिलाहरू युवती तथा किशोरीहरू भन्दा फरक हुन्छन् । उनीहरू मानसिक रूपले स्वतन्त्र हुन्छन्।

उनीहरू कामकाजी हुन्छन। उनीहरूलाई अर्काको सहारा आवश्यक पर्दैन ।
समझदार बढी उमेरका महिलाहरू बढी अनुभवी एवं समझदार हुन्छन् । यही कारण हिजोआजका युवकहरू आफूभन्दा बढी उमेरका महिलालाई पहिलो रोजाइमा राख्छन् । बढी उमेरका महिलाहरू आत्मविश्वासी हुन्छन् र निर्णय लिन सक्षम हुन्छन् । यसकारण युवकहरू त्यःता महिलाप्रति बढी भरोसा राख्न सक्छन् ।

आर्थिक सुरक्षा प्रेमसँगै सेटलमेन्टको चिन्ता छ भने आर्थिक पक्षले अहम् भूमिका हुन्छ ।
हिजोआज केटीहरू मात्र होइन केटाहरू पनि आर्थिक सुरक्षाप्रति सचेत हुन्छन् । आर्थिक रूपमा सेटल हुने क्रममा उमेर बितेछ नै भने पनि उनीहरू त्यति चिन्तित हुँदैनन् ।

इमानदार प्रेम सम्बन्धमा सम्मान र पेस, दुवैको एक अलग महत्व हुन्छ । उमेरदार महिलाहरू यो कुरालाई राम्रोसँग बुझ्छन् कि यदि कसैप्रति आफ्नो रुची छैन भने उसलाई धोका दिनुभन्दा मनको कुरा प्रष्टसँग बताइदिनु उत्तम हुन्छ । बढी उमेरका महिला सम्बन्धप्रति इमानदार त हुन्छन् नै यसबाहेक आफ्नो साथीको भावनाको सम्मान पनि गर्छन् ।

परिवार बसाउन तयार बढी उमेरका केटीहरू करिअरमा सेटल भैसकेका हुन्छन् ।
यस्तो अवस्थामा उनीहरूलाई परिवार बसाउन कुन समस्या पर्दैन । उनीहरूको यही सकारात्मक पक्ष केटाहरूलाई आफूतिर तान्न सहयोगी हुन्छ ।

सम्बन्धलाई सम्हाल्न कुशल कच्चा उमेरमा गरिने प्रेमको उमेर लामो हुँदैन किनभने कलिलो उमेरमा कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिइदैन ।
तर ३० वर्षको आसपासमा पुगेपछि केटीहरूमा गम्भीरता आउन थाल्छ ।

र उनीहरू सम्बन्धलाई समझदारीपूर्वक सम्हालेर राख्न सक्षम भएका हुन्छन् ।

केयरिंग स्वभाव सामान्यतः सम्बन्धमा केटाहरूले केटीहरूलाई बढी लाडप्यार गरिरहेको देखिन्छ । तर केटीको उमेर केटाको भन्दा बढी छ भने केटीहरूले केटालाई सामान्यतः बच्चासँग जस्तो व्यवहार गर्छन् र ससाना कुरामा पनि ख्याल राख्छन् ।

उनीहरू केटाका लागि केही प्रोटेक्टिभ पनि हुन्छन् । र, केटीहरूको यही व्यवहार धेरैजसो केटाहरूलाई मन पर्छ ।एजेन्सी

Leave a Reply