Monday, July 4, 2022
Home > समाचार > अन्ततः चर्चित गायक तथा गीतकार राजु लामाले सगरमाथाको सफल आरोहण(हेर्नुस् )

अन्ततः चर्चित गायक तथा गीतकार राजु लामाले सगरमाथाको सफल आरोहण(हेर्नुस् )

काठमाडाैं । नेपालका चर्चित गायक तथा गीतकार राजु लामा सगरमाथाको सफल आरोहण गरेर फर्किसकेका छन् ।

उनी फर्किँदा उनलाई एयरपाेर्टमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो ।

उनले सगरमाथाको आरोहणमात्र नभई ७९०० मिटरमा पुगेर एकल कन्सर्टसमेत गरेर आएका छन् ।उनी भन्छन, ‘सक्दिनँ कि भन्ने डर थियो तर भगवानको कृपाले सफल भए ।

चुचुरोमा पुग्दा ४ बजेर ५७ मिनेट गएको थियो ।
त्यहाँ पुगेर आधा घण्टा बसेँ ।

टुप्पोमा पुगेपछि धन्य भए जस्तो महसुस भयो । अलिक भावनात्मक पनि भए । आँसु खस्यो । म त्यहाँ पुग्दा रोएँ र फर्किँदा पनि रोएँ ।’

विशेष गरेर युवाहरुलाई प्रोत्साहन होस् र जलवायु परिवर्तनले आम जनजीवनमा परेको असरबारे सबैमाझ सन्देश पुगोस् भन्ने नै आफ्नो मुख्य लक्ष्य भएको उनले बताए ।

गायक लामाले अघिल्लो वर्ष पनि लोबुचे शिखर चढेका थिए ।

सगरमाथाको आरोहण भने यो उनको पहिलो पटक हो ।

Leave a Reply