भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार रहेकी रेनु दाहालले निकटतम प्रतिद्वन्द्वीविरुद्ध ३३२५ मतको अग्रता लिएकी छन् । ४७ हजार ५११ मत गणना हुँदा दाहालले १७ हजार ९७२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १४ हजार ६४७ मत पाएका छन् ।
मेयर
रेनु दाहाल १७९७२
विजय सुवेदी १४६४७
जगन्नाथ पौडेल ७२२३
उपमेयर
चित्रसेन अधिकारी (रुख)२०५२१
हिमला गुरुङ(हलो) ११६७३
तिनाउखोलामा डुबेर युवकको मृत्यु
पाल्पास्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै रमाउने क्रममा बिहीबार दिउँसो एक युवकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलामा पौडिदै तस्बिर खिच्दै गर्ने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाका अनुसार अलि डुबेर बेपत्ता भएको उनका साथीहरूले फोनमा खबर गर्न साथ दोभान प्रहरी चौकीको प्रहरी टोली उद्धारमा खटिएर लुम्बिनी प्रादेशिक अस्पतालमा लगेको थियो । तर अस्पतालमा उनलाई मृत्त घोषणा गरिएको थियो ।