Friday, January 21, 2022
Home > समाचार > भर्खरै आयो सिके राउतको यस्तो खबर

भर्खरै आयो सिके राउतको यस्तो खबर

जनकपुरधाम, २० पुस । स्वतन्त्र मधेश गठबन्धका सँयोजक डा. सिके राउतलाई काठमान्डौको सेन्ट्रल जेलमै बेईज्जत र अपमान गर्ने गरेको बताइएको छ ।

रौतहट कारागारबाट बुधबार दिउँसो काठमान्डौंको सुन्धरा स्थित रहेको सेन्ट्रल जेलमा उनलाई अपमान तथा बेईज्जत गर्नको लागि दुवै हातमा हथकडी लगाएर जेलको परिक्रमा गराएको उनका कार्यकर्ता जासर यादवले न्यूज ब्यूरोसँग भने।

उनले भने,- “उपचारको नाममा रौतहटबाट काठमानडौँ लगियो तर, अहिले डा. सिके राउतलाई काठमाडौ सुन्धाराको सेन्टरल जेलमा चरम यातन दि रहेको छ । नेपाल पुलिसले चोरी , ड्कैतीको मुद्दामा सजाय भोगी रहेका कैदीहरुसँग राखी दुव्र्यवहार गरिरहेका छन् ।”

जस्तोसुकै कैदीलाई उनको आफन्त वा शुभचिन्तकसँग भेटघाट गर्न दिनुपर्ने भन्दै उनले डा. राउतसँग कसैलाई भेटघाट पनि गर्न नदिएको आरोप उनले लगाए । उनलाई जाडोको लागि न्यानो कपडा बैलेन्केट दिन खोज्द समेत प्रहरीले दिन नदिएको आरोप लगाए । जुन मुद्धामा चार चार पटक उनले सफाई पाएका छन् त्यही मुद्दा पुनः लगाएर उनलाई जेलमा राखी चरम यातना दिन खोजेको आरोप लगाइएको छ ।

डा. राउतसँगै गिरफ्तार भएका ५ जनामध्ये अन्य ४ जनालाई जिल्ला अदालत रौतहटले साधारण तारेख सहित थपलाई धरौटीमा पनि रिहा गर्ने आदेश दिसका छन् भने मात्र डा. सिके राउतलाई त्यही मुद्दामा थुनामा राख्नु यातनाको शिकार बनाउन खोजेको आरोप लगाए । वैज्ञानिक रहिसकेका डा. राउतको दुवै हातमा हथकडी लगाएर जेल परिसरको परिक्रमा गराएर बेइज्जत गर्न खोजेको भन्दै आपत्ति जनाउँदै निन्दा गरेको छ ।

उपचारको लागि उनलाई काठमान्डौको महाराजगँज स्थित टिचिँग होस्पिटलमा लैजाने भनिएपनि विहिबार समेत उनलाई उपचार गराउन नलगेको प्रति आशंका जनाए । डा. राउत केही दिनदेखि विरामी भएका छन् । उनका एक नेता राम मनोहर यादवको प्रहरी हिरासतमै मृत्यू भएर उनको शव अहिलेसम्म महाराजगँजको टिचिँग हस्पिटलमै राखिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!