Tuesday, May 18, 2021
Home > समाचार > भर्खरै झापाकाे दमकबाट अायो यस्तो दुःखद खबर, मोटरसाइकल र जीप जुद्धा निम्तियो काल

भर्खरै झापाकाे दमकबाट अायो यस्तो दुःखद खबर, मोटरसाइकल र जीप जुद्धा निम्तियो काल

दमक, पुस २० । मोटरसाइकल र बुलेरो जिप एकआपसमा जुध्दा झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फूङ्गलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बु छन् । दुवै जना मोटरसाइकलमा सवार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा आज दिउँसो ३ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १३ च नम्बरको बुलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply