Tuesday, May 18, 2021
Home > समाचार > यस्तो बन्यो- झक्कड थापाको चर्चित गीत ‘कानमा डबल झुम्का’को भिडियो। झक्कडले पाए यति राम्री हिरोईन (भिडियो)

यस्तो बन्यो- झक्कड थापाको चर्चित गीत ‘कानमा डबल झुम्का’को भिडियो। झक्कडले पाए यति राम्री हिरोईन (भिडियो)

काठमाडौं- नेपाल आईडलको सिजन एकबाट एक्कासी भाईरल भएका व्यक्ति हुन्, झक्कड थापा । उनले आईडलमा गाएका गीत र उनको रमाईलो प्रस्तुतिका कारण उनी भाईरल बने । राम्रो स्वर भएका गायकहरुलाई पनि उनले पछि पारे । सोझो अर्थमा भन्दा नेपाल आईडल सिजन एकका बिजेता बुद्ध लामा भन्दा पनि चर्चित बने झक्कड थापा, केवल ५ मिनेट लामो प्रस्तुतिले नै ।

उनै झक्कड थापा नेपाल आईडलबाट चर्चामा रहि रहंदा नै बिदेश गए । भारतमा काम गरे अनि पछि नेपाल फर्किए र मिडियामा आए । उनलाई थुप्रै युटुब च्यानलहरुले प्रस्तुत गरे । यद्यपी झक्कडको भने दुई छाक टार्ने बाटो बनेन । दुई छोराको बाबु झक्कडले भद्रगोलमा पनि अभिनय गरे । देश बिदेशबाट सहयोग रकम उठ्यो, केहि राहत मिल्यो पछि झक्कडले काठमाडौंदेखि हार माने र नेपालगन्ज गएर टेम्पु किनेर चलाउन थाले ।

झक्कड फेरी यतिबेला काठमाडौंमा छन्, आफ्नो पहलो गीतको म्युजिक भिडियोका लागि । नेपाल आईडलमा उनैले गाएको कामनमा डबल झुम्काको नेपाली भर्सन उनैले गाएका छन् र बिहिबार गीतको म्युजिक भिडियो पनि छायांकन भयो । भिडियो हेर्नुस

Leave a Reply