Tuesday, May 18, 2021
Home > प्रवास > जापान पुगेका नेपाल आइडल रवि ओडलाई एकाएक आयो यस्त‍ो खुशीको खबर

जापान पुगेका नेपाल आइडल रवि ओडलाई एकाएक आयो यस्त‍ो खुशीको खबर

नेपाल आइडलको वर्ल्ड टुर अन्तर्गत पहिलो अन्तर्राष्ट्रिय कन्सर्टमा सहभागी हुन जापान पुगेका नेपाल आइडल रवि ओडलाई स्वागत तथा सम्मान गरिएको छ । वर्ल्ड टुर अन्तरगत पहिलो अन्तराष्ट्रिय टुरमा जापानको फुकुओका पुगेका नेपाल आइडल रविलाई सुदूरपश्चिमेली समाज फुकुओका जापानले स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । जापानमा रहेका सुदूरपश्चिमेलि हरुले गठन गरेको सुदूरपश्चिमेली समाजको फुकुओका साखाले सम्मान कार्यक्रम गरेको हो ।

नेपाल आइडल रवि ओडलाई स्वागत तथा सम्मान गर्ने अवसर पाउँदा आफुहरु निकै खुसि भएको सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिह मडैले बताउनु भयो । साथै यो अवसर प्रदान गर्नुहुने तथा विभिन्न ठाँउबाट सहयोग गर्नुहुने सवैलाई हार्दिक धन्यावाद व्याक्त गर्नु भएको छ । सुदूरपश्चिमबाट निकै सम्भावना बोकेर नेपाली सांगीतिक आकासमा उदाएका रविले आगामी दिनमा अझै सफलता हासिल गर्नेमा सुदूरपश्चिमेली समाज फुकुओका परिवारले बिश्वास ब्यक्त गरेको छ । नेपाल आइडलको टप ५ पहिलो वर्ल्ड टुरका लागि जापान पुगेका थिए । १० दिनसम्म जापानमा रहने उनीहरुले विभिन्न सहरमा हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिनेछन ।

Leave a Reply