Monday, May 10, 2021
Home > अन्तराष्ट्रिय > ससुरालीले अपमान गरेकाे भन्दै आफ्नै छ जना परिवार मार्ने यी कस्ता ज्वाइँ?

ससुरालीले अपमान गरेकाे भन्दै आफ्नै छ जना परिवार मार्ने यी कस्ता ज्वाइँ?

बैंकक: थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उक्त हत्याकाण्ड नयाँ वर्षको इभ मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।

ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बेला उनी मादक पदार्थले अत्याधिक मातेका थिए। उनले आफ्नो ९ वर्षीय छोरा र ६ वर्षिया छोरीको पनि गोलि हानी हत्या गरेका हुन्, लेफ्टिनेन्ट कर्नेल काम्पापनले एएफपीलाई भने।

बाँकी चार मृत्यहरुमध्ये दुई महिला दुई पुरुष रहेका छन् जो ४७ देखि ७१ वर्षसम्मका रहेका छन्।

Leave a Reply