Monday, March 8, 2021
Home > समाचार > भर्खरै गोपाल पराजुलीको आयो यस्तो खबर !

भर्खरै गोपाल पराजुलीको आयो यस्तो खबर !

काठमाडौँ, ६ बैशाख । पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । सर्वोच्च अदालतले पराजुली विरुद्धको अवहेलना मुद्दा खारेज गरेको हो ।कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ । इजलासले सर्वोच्च प्रशासनको प्रतिवेदनलाई आधार

मान्दै अवहेलना मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको आदेश गरेको हो ।पराजुलीले सर्वोच्चको नेतृत्वमा रहेर न्यायपालिकाको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मनोज अधिकारीले फागुन १५ मा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनलाई सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर भई बयानमा बोलाउनुपर्ने माग गरिएको थियो ।

यसबीचमा उमेर हदका कारण २१ साउनमै अवकास पाएको पत्र न्याय परिषदले थमाएपछि पराजुलीले १ चैतमा प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए । सर्वोच्चले पराजुली विरुद्ध अवहेलना मुद्दा चलाउनु नपर्ने निर्णय गरेपछि पराजुलीलाई राहत मिलेको छ ।

अधिकारीको निवेदनमा डा गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्मका काम गरेर पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गरिएको छ ।

सुरुमा पराजुलीको कुन कार्यले अवहेलना भयो भन्ने कार्यको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सहरजिष्ट्रार नारायण पन्थीले उक्त निवेदन दरपीठ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *