Monday, May 10, 2021
Home > समाचार > OMG! सिराहा मोटरसाइकल रोकेर चेक गर्दा प्रहरी नै चकित…

OMG! सिराहा मोटरसाइकल रोकेर चेक गर्दा प्रहरी नै चकित…

आलोक यादव । सिरहा, १७ पुस । आज बिहान (राति ) २:०० बजेको समयमा बिशेष सुराकको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टाेलिले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन तथा मानिस रोकि चेक जाँच गर्ने क्रममा पूर्वबाट पशिचम तर्फ आउदै गरेका चतुर नारायण चाैधरी समातिएका हुन् ।

चाैधरी स ५ प ३७४१ नम्बरको YBR मोटरसाइकल रोकिचेक जाँच गर्दा उक्त मोटरसाइकल सबार जिल्ला सिराहा धनगडिमाई नगरपालिका वडा नम्बर ११ छपराडि बस्ने बर्ष ४६ को चतुर नारायण चौधरीले बोकि ल्याएको कालो रातो रङ्गको ब्याग झोलाबाट निम्मानुसारको हातहतियार तथा समानहरु मा SMG गन थान १,म्यागिजन थान २,गोलि ५ राउन्ड , कालो रातो रङ्गको ब्याग थान १,स५प ३७४१ नम्बरको YBR मोटरसाइकल थान १ ,सबारी चालक अनुमतीपत्र थान १ , २ वटा सिम काड प्रयोग हुने मोबाइल थान १ , स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्यूरो लेखिएको पर्चा थान २ ,र केहि दिनअघि सिराहामा प्रेशरकुकर बम राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न चौधरी जयकृष्ण गोईतको भुमिगत समुहबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चतुरनारायण चौधरीले पछिल्लो समय गोईतको नामबाट चन्दा संकलन लगायतका कार्य गर्दैै आएको खुलेको छ । ‘चौधरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिराहाले थप अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि तथा प्रबक्ता माधब राज खरेर जानकारी दिए ।

Leave a Reply