Sunday, June 20, 2021
Home > समाचार > दुखद खबर :३० हजार फुट उचाइमा रहेको विमानमा विस्फोट

दुखद खबर :३० हजार फुट उचाइमा रहेको विमानमा विस्फोट

एजेन्सी। जमीनभन्दा करिव ३० हजार फुटको उचाइमा उडान भरिरहेको एक विमानको इन्जिनमा विष्फोट भएको छ। जसका कारण विमानको एक झ्यालमा क्षति पुग्छ र एक महिला यात्री विमानको सोही झ्यालबाट जमीनमा खस्न पुग्छिन्।यस्तो आपतकालीन अवस्थामा विमान चालकले सुझबुझ पूर्ण तरिकाले सो विमानलाई सुरक्षित रुपमा अवतरण गराएका छन्। जसका कारण साउथवेस्ट

एयरलाइन्सकी ती महिला चालकको चौतर्फी प्रशंशा भएको छ।टेमी जो शल्ट्स अमेरिकी नौसेनामा लडाकू विमानको चालक भएर काम गरिसकेकी छन्। उनी ड्यालस जाँदै गरेको विमान–१३८० को क्याप्टेन र पाइटल थिइन्। सो विमान मंगलबार फिलाडेल्फियामा आपतकालीन अवस्थामा अवतरण गराइएको छ।

जुन विमानको एक इन्जिनमा विस्फोट भएको थियो, सो विमान ५०० मिल प्रति घण्टाको रफ्तारमा ३० हजार फुटको उचाइमा उडिरहेको थियो। जसमा १४९ जना यात्री सवार थिए। विस्फोटपछि एक अज्ञात वस्तु विमानसँग ठोक्कियो र विमानको झ्याल फुट्यो।

फुटेको झ्यालबाट बाहिर झरेकी उक महिलालाई पनि बचाइएको थियो। तर, टाउकोमा चोट लागेका कारण पछि उपचारका क्रममा उनको निधन भयो। यस्तो आपतकालीन अवस्थमा पनि टेमीले सम्यमतापूर्वक काम लिँदै एयर ट्राफिक कन्ट्रोललाई पूरै जानकारी दिइन्। विमानलाई फिलाडेस्फियामा आपतकालीन अवस्थामा अवतरण गराइएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!