Monday, May 10, 2021
Home > भिडियो > मुन्द्रेको क्लबमा देखियो अहिलेसम्मकै रमाईलो दृश्य, जब शृंखला हाँस्दा हाँस्दै लट्ठै परिन् (भिडियो)

मुन्द्रेको क्लबमा देखियो अहिलेसम्मकै रमाईलो दृश्य, जब शृंखला हाँस्दा हाँस्दै लट्ठै परिन् (भिडियो)

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् ।

मुन्द्रेको कमेडी क्लबमा अबको नयाँ एपिसोडमा मिस नेपाल वर्ल्ड शृंखला खतिवडा देखिएकी छिन् ।

श्रृङ्खला मिस नेपाल २०१८ की उपाधि विजेता हुन् भने उनले मिस वर्ल्ड २०१८ मा पनि टप १२ सम्म सेलेक्ट भएर साथै दुईवटा सब टाइटल जितेर नेपाल र नेपालीको शिर उच्च पारेकी छिन् । आज उनैसँग निकै रमाइलो कुराकानी भएको छ मुन्द्रेको सोमा ।

Leave a Reply