Wednesday, May 12, 2021
Home > समाचार > फेरी चम्कियो नेपाल: अन्तराष्ट्रिय तेक्वान्दोमा नेपालको सानदार प्रर्दशन, जित्यो ३० गोल्ड मेडल

फेरी चम्कियो नेपाल: अन्तराष्ट्रिय तेक्वान्दोमा नेपालको सानदार प्रर्दशन, जित्यो ३० गोल्ड मेडल

नयाँ दिल्ली भारत । अल इन्डिया तेक्वान्दो ड़ोजंग क्लबले भारतको नयाँ दिल्लीमा आयोजना गरेको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप २०१८ मा नेपालले सानदार जित हाँसिल गरेको छ।

नयाँ दिल्लीस्थित तालकोटरा स्टेडियममा आयोजित अल इंडिया ओपन कप अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा भारत, कोरिया नेपाल लगाएतका देशहरुबाट ३०० भन्दा बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो।

नेपालको तर्फबाट विभिन्न तौल समूहमा गरि ५६ खेलाडीहरुले सहभागीता जनायका थिए। जसमा नेपाली खेलाडीहरुले आफ्नो सानदार खेलको प्रर्दशन देखाउदै विभिन्न तौल समूहमा ३० गोल्ड, १५ सिल्वर र ११ ब्राउन मेडल हात पारेका छन्।

नेपाली खेलाडीहरुको उत्कृस्ट प्रर्दशनिका अगाडी भारतीय तथा कोरियन खेलाडीहरुको प्रदर्शन निकै फितलो देखिएको थियो । नेपालबाट आमन्त्रित इन्टरनेशनल मास्टर र रेफ्री राकेश राई, हरि बुढाथोकी, धर्मेन्द्र अग्रहरी, कोच दिनेस गिरी, चुलाई मुखिया, इन्द्र राना, अनुज श्रेष्ठ, कमला श्रेष्ठ, दिपक गिरीको नेतृत्वमा टिम आएको थियो।

खेल सम्पन्न गर्न नेपाली टिमको तर्फबाट इन्टरनेसनल मास्टर राकेश राई, हरि बुढाथोकी लागाएत सिङ्गो टिमले आयोजकलाई पुर्याएको महत्त्वपूर्ण सहयोगका लागि आयोजक समितिका पब्लिक रिलेशन अफिसर अर्जुन दयालले धन्यवाद ज्ञापन गरेका थिए।

आउँदा दिनहरुमा यस खेललाई अझै व्यवस्थित तरिकाले अगाडी लैजाने र दर्जन भन्दा बढी देशहरुलाई सहभागी गराउने क्लबका पब्लिक रिलेशन अफिसर अर्जुन दयालले डिसी नेपाललाई बताए।

Leave a Reply