Tuesday, January 18, 2022
Home > समाचार > नारायण-मुग्लिङ सडकखण्डमा यस्तो भयानक दुर्घटना… १९ जना यात्रुकाे यस्तो अवस्था

नारायण-मुग्लिङ सडकखण्डमा यस्तो भयानक दुर्घटना… १९ जना यात्रुकाे यस्तो अवस्था

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किदा बसमा सवार १९ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको भरतपुर कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था केही जटिल र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

बसमा ३५ जना यात्रु सवार थिए । दुर्घटना आइतबार राति ११।२५ बजे भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!