Friday, May 14, 2021
Home > अन्तराष्ट्रिय > फेरि बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिनाको ‘ह्याट्रिक’

फेरि बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिनाको ‘ह्याट्रिक’

काठमाडौं । बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ ।

बंगलादेशमा आइतबार निर्वाचन भएको थियो । निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि चुनिएकी छन् । हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ ।

विपक्षी दलद्वारा परिणाम अस्वीकार
प्रमुख प्रतिपक्षी दलले भने परिणाम अस्वीकार गरेको छ । विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)ले चुनावमा सरकारले धाँधली गरेको आरोप लगाएको छ ।

बीएनपीका नेता कमाल हुसेनले निर्वाचन परिणामलाई हास्यास्पद भन्दै निष्पक्ष सरकार गठन गरी पुनः मतदानको माग गरेका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘निर्वाचन आयोगसँग हाम्रो आग्रह छ, यो हास्यास्पद नतिजा अमान्य घोषणा गरियोस् र जतिसक्यो छिटो एक निष्पक्ष सरकारको रेखदेखमा फेरि चुनाव गराइयोस् ।’

२२१ सिटमा गडबडी गरिएको विपक्षी दलको दाबी छ । चुनावमा धाँदली भएको भन्ने विषयमा छानविन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

आइतबार हिंसात्मक झडपका बीच बंगलादेशमा निर्वाचन भएको थियो । झडपमा १७ जनाको मृत्यु भएको थियो ।

Leave a Reply