Friday, May 14, 2021
Home > समाचार > झापा प्रहरीले झापाबाटै फेला पार्यो ठुलो परिणाममा यस्तो चीज्, सुन्दै अचम्म!

झापा प्रहरीले झापाबाटै फेला पार्यो ठुलो परिणाममा यस्तो चीज्, सुन्दै अचम्म!

पूर्वी नाका काँकडभिट्टालाई मुख्य द्धारा बनाएर नेपालका बिभिन्न जिल्लामा ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर पुग्ने गरेको खुलासा भएको छ । झापा प्रहरीले झापाबाट नै हाल सम्मकै ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर सहित बिक्रिकर्ता र ओसार पसारमा संलग्नलाई पक्राउ गरेपछि उत्त रहस्य खुलेको हो । लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट सुचना प्राप्त भएपछि झापा प्रहरीले अनुसन्धान गर्दा शनिबार दिउँसो ३१ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

शनिबार दिउँसो ३१ ग्राम ब्राउन सुगर सहित पाँचथर फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडा घर भई झापा दमक ६ मा डेरा बस्दै आएका संग्रामसिंह आङ्देम्बे (लिम्बु) लाई पक्राउ गरेको हो । मे १० प ६३० नंबरको बुलेट मोटरसाईकलमा सवार उनको साथबाट ३१ ग्राम ब्राउन सुगर, लागुऔषध तौलन प्रयोग गर्ने पकेट डिजिटल तराजु १ थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भिम प्रसाद ढकालले बताए ।

इलाका प्रहरी कार्यालय बिर्तामोड र काँकडभिट्टाबाट अनुसन्धानका लागि खटिएको सादा पोसाकको प्रहरीले लिम्बुलाई बिर्तामोड ५ बाट पक्राउ गरेको प्रमुख ढकालको भनाई छ । नियन्त्रणमा लिएर लिम्बुलाई अनुसन्धान गर्दा ताप्लेजुङ थुम्बेदिन घर भई हाल अर्जुनधारा नगरपालिका १० झापामा डेरा बस्ने भिम बहादुर अधिकारी सोहि स्थानकी ओममायाँ खतिवडा अधिकारी र कचनकवन २ की रेवतीमायाँ डाँगीबाट खरिद गरी बिक्रिका लागि ल्याएको बताएपछि उनिहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका चार जनालाईनै आईतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा सार्वजनिक गरिएको छ । पक्राउ परेका अधिकारी र डाँगीको कोठाबाट पनि २ सय २ ग्राम ब्राउन सुगर प्रहरीले बरामत गरेको छ । उनिहरुबाट ब्राउन सुगर खरिद गरेर अन्यले देशका बिभिन्न स्थानमा पु¥याउने गरेको प्रहरीको दाबि रहेको छ । अधिकारी र डाँगीको कोठाबाट प्रहरीले तीन थान मोवाईल, १३ हजार नगद समेत बरामत गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्ण प्रसाद कोईरालाले बताए ।

Leave a Reply