Monday, May 10, 2021
Home > समाचार > तमु ल्होसारकाे उपलक्ष्यमा टुँडिखेलबाट ओलीले सारा नेपालीका लागि यस्तो भने…

तमु ल्होसारकाे उपलक्ष्यमा टुँडिखेलबाट ओलीले सारा नेपालीका लागि यस्तो भने…

पुस १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता रहेको औंल्याएका छन् । तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सदभाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आव्हान गरे । प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको बताए ।

 

साथै यस्तो नितिका बारे पनि स्पष्ट पार्दै पछि परेका जनतालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउन आवश्यक प्रबन्ध गरेको दावी गरे । संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने भन्दै उनले सबै जाति र समूदायको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

फो ल्होसार समारोहमा सहभागीहरूलाइ अभिवादन गर्दै प्रम ओली

प्रधानमन्त्री ओलीले नेपाल भूगोलले सानो भएपनि कला, भाषा र संस्कृतिको दृष्टिले विश्वमै सम्पन्न मुलुक भएको उल्लेख गर्दै सबै भाषा, कला र संस्कृतिको विकास गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए ।

हेर्नुहाेस अन्य केहि रोचक तस्विरहरूः

कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री गुरूङ पोशाकमा
टिका ग्रहण गर्दै प्रधानमन्त्री
टाउकाेमा फेटा बेर्दै प्रम ओली
काँधमा ल्होसारकाे निशान भिर्दै प्रम ओली
कार्यक्रममा हात मिलाउदै प्रम ओली

 

 

Leave a Reply