Friday, May 14, 2021
Home > अन्तराष्ट्रिय > भारतमै मोदी माथि यस्तो आक्रमण, सुरक्षा दिने प्रहरीकै मृत्यु!

भारतमै मोदी माथि यस्तो आक्रमण, सुरक्षा दिने प्रहरीकै मृत्यु!

एजेन्सी ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी सभालाई सुरक्षा दिएका प्रहरीको स्थानीयको आक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशको गाजीपुर जिल्लामा प्रधानमन्त्री मोदीको सभामा सुरक्षाका लागि खटिएका प्रहरी जवान सुरेश वत्सको स्थानीयको आक्रमणबाट मृत्यु भएको हो । सभामा सुरक्षा दिएर फर्कने क्रममा भएको ढुंगा प्रहारबाट उनको मृत्यु भएको हो । ड्युटीबाट फर्किँदै गरेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा वत्सको ज्यान गएको र अरु केही घाइते भएका थिए ।

यो समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार प्रहरी जवान वत्स प्रधानमन्त्री मोदीको सभाको सुरक्षाका लागि खटिएका थिए । उनी ड्युटी सकेर फर्कने क्रममा नौनेरा क्षेत्रमा निषाद समुदायका केही मानिसले प्रदर्शन गरेका थिए, त्यही क्रममा केहीले प्रहरीमाथि ढुंगा प्रहार गरे ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका वत्सको उपचारको क्रममा निधन भएको स्थानीय प्रहरीले जनाएको छ । घटनामा अरु दुईजना गम्भीर घाइते भएका छन् भने अरु केहीलाई सामान्य चोट लागेको छ । सबैको उपचार भइरहेको छ । आरक्षणको माग गर्दै निषाद समुदायका मानिसले धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

प्रदर्शनकारीले शनिबार बेलुका प्रधानमन्त्री मोदीको सभा सकिएपछि कठवामोड पुलमा जाम गरेका थिए । प्रहरीले जाम हटाउने प्रयास गरेको थियो । त्यहिबेला धर्नामा रहेका व्यक्तिले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् ।

शनिबार निषाद समुदायको प्रदर्शनमा रोक लगाएको थियो । तर प्रहरीले निषाद समुदायका एक नेतालाई पक्राउ गरेपछि उनीहरुले प्रदर्शन गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply