Friday, June 18, 2021
Home > Uncategorized > भर्खरै दिपक मनांगेको आयो दुखको खबर !!

भर्खरै दिपक मनांगेको आयो दुखको खबर !!

काठमाडौँ — फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा

दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।उनी हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले सांसदको शपथ समेत लिएका छैनन्।

यो पनि पद्नुहोस :

काठमाडौँ — ओमनको सोहरमा कार्यरत नेपाली समुदायले ओमनसँग यथाशक्य छिटो श्रम सम्झौता गर्न नेपाली दूतावासलाई सुझाव दिएका छन् ।

ओमनको राजधानी मस्कटबाट २ सय ५ किलोमिटर टाढा रहेका सोहरमा राजदूत सर्मिला पराजुली ढकालसँग अन्तरक्रिया गर्दै उनीहरूले दुई देशबीचको श्रम सम्झौता आवश्यक रहेको भन्दै यथाशक्य छिटो टुंग्याउन सुझाव दिएको हो ।
सोहरको बन्दरगाह र सोहर औद्योगिक क्षेत्रमा कार्यरत नेपालीले राजदूत ढकाललाई आफूहरूले भोगिरहेको समस्या र नेपालीले पाउने अवसरका विषयमा जानकारी गराएका थिए । ढकालले दूतावासका तर्फबाट नेपालीको हित र उत्थानका लागि ओमन सरकारसँग निकट रहेर काम भइरहेको बताइन् ।

‘नेपाल र ओमनबीच हुन गइरहेको श्रम सम्झौताको मस्यौदामाथि गृहकार्य भइरहेको छ । केही बुँदामाथि छलफल सकिनसाथ श्रम सम्झौता हुनेछ,’ उनले भने, ‘श्रम सम्झौतालाई छिटो टुंग्याउन दूतावासले पहल गरिरहेको छ ।’

गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, सोहरको समन्वयमा आयोजित अन्तरक्रियामा महिला कामदारले बिदामा जाँदा पुन: ओमन आउन वञ्चित हुनु परेको पीडा राखेका थिए ।

यसअघि राजदूत ढकालले सोहरको बन्दरगाह र औद्योगिक क्षेत्रको अवलोकन गरेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!