Tuesday, May 18, 2021
Home > समाचार > हिजोको दुर्घटनाको लाइभ भिडियो सार्वजनिक, ७ वर्षका बालकलाई यसरी किच्दै अगाडि बढ्यो कार

हिजोको दुर्घटनाको लाइभ भिडियो सार्वजनिक, ७ वर्षका बालकलाई यसरी किच्दै अगाडि बढ्यो कार

असम। असमको डिब्रुगढनजिकै बनेको भारतको सबैभन्दा लामो रेल रोड पुल बोगिबिलमा भएको दर्दनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।

समाचारअनुसार एक बालक सडक पार गर्नको लागि सडकमा अगाडि बढ्नासाथ एक तीब्र गतिको कारले उनलाई किचेको थियो । दुर्घटना हिजो भएको भारतीय दैनिक भास्करले आफ्नो अनलाइनमा लेखेको छ ।

समाचारमा जनाइएअनुसार ती बालकलाई पहिले उपचारको लागि डिब्रुगढको आस्था अस्पताल लगिएको थियो । पछि उनलाई असम मेडिकल कलेज रिफर गरियो । उनको अवस्था निकै गम्भीर रहेको समाचारमा जनाइएको छ ।

यो पूरै घटना कारभित्र जडान गरिएको एक क्यामेरामा रेकर्ड भएको हो । यही डिसेम्बर २५ मा मात्र यो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । हेर्नुहोस् दुर्घटनाको भिडियो

Leave a Reply