Friday, May 14, 2021
Home > समाचार > पूर्वराजा ज्ञानेन्द्रलाई हिँडडुलमा प्रतिबन्ध….हेर्नुहोस पुरा भिडियो

पूर्वराजा ज्ञानेन्द्रलाई हिँडडुलमा प्रतिबन्ध….हेर्नुहोस पुरा भिडियो

काठमाडौँ : कर्मचारी समायोजन अध्यादेशले विभेद बढाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरुले अध्यादेश फिर्ता लिन र कर्मचारीको माग सम्बोधन गर्न माग गरेका छन् ।

सत्तारुढ दलका सांसदले भने पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि संविधानविपरीत भएको भन्दै हिँडडुलमा प्रतिबन्ध लगाउन माग गरेका छन् । शुक्रबारको संसद बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरुले सरकारले काम गर्न नसकेको भन्दै चर्को अलोचना गरेका छन् ।

विपक्षी दलले जनताको दैनिक जनचासोकाबारेमा कुरा उठाइरहँदा सत्तारुढ दलका केही सांसदहरुले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्रको प्रचार गर्नेगरी हिँडडुलमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् ।

नेकपाका सांसद झपट रावलले संविधानविपरीत राजतन्त्रको प्रचार गर्दै हिँडेको भन्दै पूर्वराजालाई हिँडडुलमा प्रतिबन्ध लगाउन माग गरे ।

Leave a Reply