Wednesday, May 12, 2021
Home > भिडियो > गरीव नेपालीका लागि प्रधानमन्त्री ओलीले गरे यस्तो घोषणा, अब हरेक नेपालीलाई सुबिधै सुबिधा (भिडियो सहित)

गरीव नेपालीका लागि प्रधानमन्त्री ओलीले गरे यस्तो घोषणा, अब हरेक नेपालीलाई सुबिधै सुबिधा (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको छ । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नेपालमा श्रमजवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिती सुधार गर्नका लागि सधैं सकारात्मक रहने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।”

हेर्नुहोस भिडियो

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबोट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताउनुभएको छ । “सामाजिक समानताका आधारमा गरिवलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीका कार्यक्रमहरु ल्याउछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।”

प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्यूलाई रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । “शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय,स्थानीय तह प्रशासन,निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बर्ष देखि जाडोले कठ्यांग्रिएर कसैले मर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउनुभएको छ । आधा शताब्वदी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराउनुभएको छ । “सरकारले अधिनायकवाद ल्याउछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Leave a Reply