Friday, May 14, 2021
Home > समाचार > आइतबार सार्वजनीक विदाको घोषणा

आइतबार सार्वजनीक विदाको घोषणा

पोखरा, १३ पुस। गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनीक विदा दिएको छ ।तमुहरुको पर्व ल्यासारको अवसरमा पुस १५ गते आइतबार गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गर्दै विदा दिएको हो ।गण्डकी प्रदेश सरकारबाट पुस १३ गते आइतबारका लागि विदाको घोषणा गरेको हो ।

यो पनि पढ्नुहोस: गगनको आक्रोश, सदनमा पटकपटक मेरो माइक किन काटिन्छ?

काठमाडौं– प्रनितिनिधिसभाको शुक्रबारको बैठकमा आफूलाई बोल्न दिइएको समयभन्दा अघि नै माइक काटिएको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले आपत्ति प्रकट गरेका छन्।

‘सभामुख कृष्णबहादुर महराले मलाई ४ मिनेट समय दिएर बोलाउनुभयो तर समयभन्दा अघि नै माइक काटियो, यसमा मेरो आपत्ति छ’, सांसद थापाले भने, ‘यसअघि पनि यस्तो भएको छ, यसपटक पनि भयो, यो के भइरहेको छ मैले बुझिरहेको छैन। पटकपटक माइक किन काटिन्छ?’कांग्रेस नेता तथा सांसद थापाले आफूलाई बोल्न दिइएको समयअघि नै माइक काटिएको बताएपछि हामीले सदनको भिडियो रेकर्ड हेर्‍यौं।

शुक्रबारको संसद् बैठकमा थापा १ बजेर २४ मिनेट २० सेकेन्डदेखि बोल्न सुरु गरेका रहेछन्। १ बजेर २६ मिनेट ५३ सेकेन्ड हुँदा उनको माइक काटिएको रहेछ।सभामुख महराले सांसद थापालाई दिएको समयभन्दा अघि माइक काटिएपछि थापाले आफ्नो दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई यसबारे जानकारी गराएका थिए। कांग्रेस सचेतक खाँडले सभामुखलाई समय घटाउने र बढाउने अधिकार नहुने भन्दै यसबारे सदनमै आपत्ति जनाएका छन्।

‘बीचमै माइक काटिएको प्रति आपत्ति जनाएपछि सभामुखबाट मैले संसदको घडी बिग्रिएको जवाफ पाएँ’, कांग्रेस सचेतक खाँडले भने, ‘समय कटौती गरिने कुरा आपत्तिजनक छ।’

प्रधानमन्त्रीका दुई रुचि छन् – कि पोल कि बोल

बैठकमा कांग्रेसका तीन सांसदले बोल्नका लागि १२ मिनेट छुट्याइएको थियो। कार्यव्यवस्था समितिमा भएको समहमतिका आधारमा कांग्रेस नेता थापालाई बोल्नका लागि सभामुखले ४ मिनेट छुट्याएर बोलाएका थिए।

थापाले बैठकको विशेष समयमा कर्मचारी समायोजन अध्यादेशका बारेमा आफ्ना विचार राख्दै थिए। तर, छुट्याइएको ४ मिनेट नदिएर झन्डै २ मिनेट ३० सेकेन्डमा आफ्नो माइक अवरुद्ध गरिएपछि उनले असन्तुष्टि जाहेर गरेका हुन्।‘दिएको समय कसैको पनि कम गर्न पाइँदैन। विषय हेरेर बरु १० सेकेन्ड जति थपिन्छ’, उनले भने, ‘मैले बालकृष्ण ढुंगेलको विषयमा बोल्ने क्रममा पनि २ः३० मिनेटमै काटिएको थियो।’

Leave a Reply