Sunday, June 20, 2021
Home > अन्तराष्ट्रिय > १३७ यात्रु बोकेर काठमाडौंका लागि उडेको एयरबसमा एक नेपालीले यस्तो अपशब्द बोलेपछि…

१३७ यात्रु बोकेर काठमाडौंका लागि उडेको एयरबसमा एक नेपालीले यस्तो अपशब्द बोलेपछि…

काठमाडौं।

नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घन्टापछि अकस्मात गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नेपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधिक समस्या भएर होला भन्ने थियो । तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा विमान अवतरण गरेको नागरिक दैनिकमा खबर छ ।

समाचार अनुसार जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्न लागेपछि रतेलले अरुलाई दुव्र्यवहार गर्न सुरु गरेका थिए । स्रोतको हवाला दिँदै कान्तिपुरले लेखेको छ–नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे । त्यतिेले नपुगेर जहाजको एयरहोस्टेसलाई घचेडेरै झन्डै पछारिदिएका थिए ।’

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे । अनि क्याप्टेन देबाजू र कोपाइल वैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराएको र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको नागरिकको समाचारमा उल्लेख छ ।

बाटो छैन, घर झिलिमिली
आफ्नै भूमिमा जान भारतीय बाटो प्रयोग गर्नुपर्ने चाचूलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने वसवासीको घर भने झलमल्ल छन् ।

राजधानीका अनुसार छांगरु र तिंकर लघु जलविद्युत्तका कारण गाउँ झिलिमिली भएको हो । सरकारकै लगानीमा ९ वर्षअघि नै व्यासको छांगरु र तिंकरमा लघु जलविद्युत्तमार्फत गाउँ झिलिमिली बने पनि जनताले सडक र सवारीसाधन भने अहिलेसम्म देख्न पाएका छैनन् ।

६ महिना सदरमुकाम र ६ महिना व्यास सर्ने व्यासवासीहरुले गाउँमै उत्पादिन विद्युत्तबाट उज्यालो बनाएका छन् ।

एसियाली खेलकुदको तयारी अस्तव्यस्त
एसियाको सबैभन्दा बृहत खेलकुद प्रतियोगिताको तयारी अस्तव्यस्त रहेको अन्नपूर्णले छापेको छ ।

अन्नपूर्ण लेख्छ– इन्डोनेसियाको राजधानी जाकार्तामा १८ औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र तयारीमा व्यस्त छन् । प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शत्तिःशाली खेल राष्ट्रको रुपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले आफ्नै देशभित्र व्यवस्थित प्रशिक्षण सञ्चालन गरेका छन् ।

सहभागिताको ६७ औं वर्ष बितिसक्दा पनि नेपालका लागि भने एसियाली खेलकुद अनुभव बटुल्ने अवसरमा मात्रै सीमित छ । नेपालको अहिलेको तयारी हेर्दा आगामी एसियाली खेलकुद पनि विगतको भन्दा फरक नहुने खेलाडी र प्रशिक्षक बताउँछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!