Monday, May 10, 2021
Home > समाचार > भर्खरै फेरी मलेसियाबाट आयो अर्को ठुलो दुखद खबर

भर्खरै फेरी मलेसियाबाट आयो अर्को ठुलो दुखद खबर

रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर मलेशियामा दुई नेपाली युवाको मृत्यु !!मलेशिया । मलेशियामा दुई जना नेपाली युवाको ज्यान गएको छ । मृत्यु हुनेमा रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगर छन । उनीहरु मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्यरत थिए ।

रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका सन्तोष यादव बिहिवार विहान ट्याङ्कीभित्र खसेका थिए । उनलाई उद्धार गर्ने क्रममा चुरा पनि बेहोस भएका थिए । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको सोहि कम्पनीमा कार्यरत नेपालीहरले बताएका छन।

अहिले त्यहाँ काम गर्ने नेपाली कामदरहरुले मृतकको परिवारलाई क्षतिपुर्ति दिनु पर्ने र कामदारको सुरक्षा हुनु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

Leave a Reply