Friday, May 14, 2021
Home > समाचार > दाई करोडपति भाई मन्दिरको पेटीमा। दाई भाउजु सधैं त्यहि मन्दिरमा पुजा गर्न आउँछन्(भिडियो सहित)

दाई करोडपति भाई मन्दिरको पेटीमा। दाई भाउजु सधैं त्यहि मन्दिरमा पुजा गर्न आउँछन्(भिडियो सहित)

काठमाडौं, १३ पुस । क्रिसमसको रात काठमाडौं सुत्दै थियो तर चर्चित कलाकार तथा भिजे शिशिर भण्डारी सडक पेटीमा सुत्नेहरुलाई उठाउंदै थिए । उनी संगै मानव बचाऊ अभियानका पुरुषोत ढुंगाना र निश्चल पनि थिए । वास्तवमा जाडोमा सडकमा सुत्नेहरुका लागि न्यानो कपडा बांड्दै हिड्दै थिए, शिशिर, पुरुषोतम, निश्चल र लक्ष्मण । त्यस क्रममा आ आफ्नै कथा भएका व्यक्तिहरु भेटिए । कोहि परिवारबाट बाध्यताले टाढा भएका भेटिए । कोहिलाई आफ्नै परिवारले निकालेर सडक पेटीमा आएका भेटिए ।

चावहिलको गणेस्थानमा बिगत ५ बर्षदेखि दिउंसो मन्दिरमा बस्ने र राती त्यहि नजिकको पसलमा सुत्ने कायस्थ दाईको कथाले सबैलाई रुवायो । उनलाई आफ्नै दाइ र भाउजुले घरबाट निकालेका रहेछन् । सिन्धुपाल्चोक घर भएका कायस्थको दाई चावहिल चुच्चेपाटीमै ५ तले घरमा बस्दा रहेछन् तर उनकै भाई भने मन्दिरको पेटीमा ।

कायस्थले सबैलाई रुवाउने कुरा बताए – दाजु भाउजु सधैं यहि मन्दिरमा पुजा गर्न आउंछन् तर मलाई फर्केर पनि हेर्दैनन् । आफुलाई काम गरेर खान मन लागेको बताउंदै उनले गाउंमा एउटा टहरो हाल्ने जग्गा दिलाईदिन आग्रह गरे । आमा र बुवाको निधनपछि को कथा सुनाउंदै उनी रोए – भिडियो हेर्नुस

Leave a Reply